निजी क्षेत्रबाट सञ्चालन हुन नसकेका रुग्ण उद्योगको अध्ययन सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

निजी क्षेत्रबाट सञ्चालन हुन नसकेका रुग्ण उद्योगको अध्ययन सुरु

काठमाडौं, १५ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु निजीकरण भएपछि पनि किन रुग्ण उद्योगमै सिमित भए भन्ने सम्बन्धमा अध्ययन सुरु गरिएको बताउनुभएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले मन्त्रालयका पूर्व सचिवको नेतृत्वमा उच्च स्तरिय समिति गठन गरी निजी क्षेत्रबाट सञ्चालन हुन नसकेका रुग्ण उद्योगको अध्ययन गरिएको बताउनुभयो ।

त्यस्तै सरकारी स्तरबाट सञ्चालित उद्योगहरु पनि किन प्रभावकारी रुपमा सञ्चालन हुन सक्दैनन भन्ने सम्बन्धमा आफूले अध्ययन सुरु गरिसकेको बताउनुभयो । यसबाहेक विशेष आर्थिक क्षेत्रको कार्य क्षेत्र के हो र के विषयमा जोड दिए सहजै सञ्चालनमा आउन सक्छ भन्ने सम्बन्धमा समेत आफु केन्द्रीत भएको मन्त्री भट्टले बताउनुभयो । मन्त्री भट्टले नेपालमा लगानी आकर्षित गर्ने विषयमा पनि आफुले जोड दिएको दावी गर्नुभयो ।

तर कोभिड १९ का कारण लगानी प्रभावित भएको उहाँको भनाई छ । तरपनि आर्थिक वर्ष २०७६÷०७७ मा ३८ अर्ब ८७ करोड बराबरको वैदेशिक लगानी आएको उहाँले बताउनुभयो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिशतले वैदेशिक लगानीमा कमि आई १ अर्ब ३९ करोड रुपैयाँमा सिमित भएको उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);