काठमाडौं, १३ असोज । कोरोना भाइरस (कोभिड १९) बाट आज थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ८ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
काठमाडौंका एक महिला सहित ३ र बाँकेमा एक महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५७ वर्षिया महिला, ६० र ७० वर्षिय पुरुष रहेका छन । भने बाँकेमा ७६ वर्षिया बृद्धा, ५३ र ३९ वर्षिय पुरुष रहेका छन ।
यस्तै मोरङमा ६८ वर्षिय पुरुष, सर्लाहीमा ७२ वर्षिया महिला, महोत्तरीमा ५८ वर्षिय पुरुष र चितवनमा ५५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।