एजेन्सी, १३ असोज । इराकी सशस्त्र समूहको आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । राजधानी बगदादस्थित एक आवासिय भवनमा सशस्त्र समूहकोे आक्रमणमा तीन बालबालिका र दुई महिलासहित ५ जनाको मृत्यु भएको हो ।
बगदादमा विमानमा अक्रमण गर्ने क्रममा उक्त आवासिय भवनमा रकेट प्रहार गरिएको सरकारी अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । आक्रमणमा पर्ने सबै जना एकै परिवारका सदस्य रहेको बताइएको छ ।
आक्रमणले सर्वसाधारणमा डर त्रास पैदा गर्न खोजेको सरकारी अधिकारीहरले जनाएका छन् । आक्रमण लगत्तै प्रधानमन्त्री मुस्तफा अल कधिमीले घटनामा संलग्नहरुलाई कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेर सत्ता समिकरण फेरबदल गरेयता लगातार आक्रमण र हिंसात्मक घटनाहरु भइरहेका छन् ।