काठमाडौं, ८ असोज । कोरोना भाइरस (कोभिड १९) बाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङका ५५ वर्षिया, सुनसरीका ८१ वर्षिया, धादिङका ३२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७३ वर्षिया महिला र ८४ वर्षिय पुरुष, काठमाडौंमा ८२ वर्षिया महिला र ७५, ७९ र ८० वर्षिय पुरुषको मृत्यु भएको छ ।
यस्तै झापामा ७८ वर्षिय, धनुषामा ६८ र ७० वर्षिय, रौतहटमा ६५ वर्षिय, तनहुँमा ३९ वर्षिय, दाङमा ३९ वर्षिय, कपिलवस्तुमा ५० वर्षिय र नवलपरासीमा ५५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।