नेपाल चीन सीमाबारे सरकारले हतारमा टिप्पणी गरेको नेपाली कांग्रेसको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नेपाल चीन सीमाबारे सरकारले हतारमा टिप्पणी गरेको नेपाली कांग्रेसको आरोप

काठमाडाैं,८ असाेज । नेपाली कांग्रेसले हुम्लामा नेपाल चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थलगत अध्ययनको विवरण आउनुअघिनै नै सरकारले यसबारे हतारमा टिप्पणी गरेको आरोप लगाउनु भएको हो ।

प्रवक्ता शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु अघि नै ‘सीमा मिचिएको छैन’ भनेर सरकारले धारणा सार्वजनिक गरेको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीले स्थलगत अध्ययन गरिरहेकोबेला सरकारले धारणा सार्वजनिक गर्नु उचित नभएको कांग्रेसको टिप्पणी छ ।अध्ययन टोलीले ११ नम्बर पिल्लर मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई पनि सरकारले वास्ता नगरेको प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);