उडिरहेको विमानको पंखाको भाग खसेपछि ... | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

एजेन्सी, ९ असोज । जापानको ओसाका शहरमा आकाशमा उडिरहेको जेट विमानको पंखाको भाग खसेको छ ।

उडिरहेको विमानको पंखा खसेर लाग्दा एउटा कारमा गम्भीर क्षति पुगेको जनाईएको छ । शनिबार केएलएम रोयल डच एयरलाइन्सको जहाज कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयपछि पंखाको भाग खसेको हो ।

खसेको पंखाले लाग्दा ओसाकामा रहेको कारको माथिल्लो भागमा क्षति पुगेको हो । घटनामा कुनै पनि मानविय क्षति नपुगेको बताईएको छ ।

तीन सय यात्रु रहेको बोइङ ७७७ विमानको पंखाको भाग खसेको हो । केएलएमले घटनाका विषयमा छानविन सुरु गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);