आज १ हजार १ सय ५४ जनामा संक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आज १ हजार १ सय ५४ जनामा संक्रमण

काठमाडौं, ५ असोज । आज १ हजार १ सय ५४ जनामा संक्रमण देखिएको छ । ९ हजार ५ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय १८ महिला र ७ सय ३६ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६९, प्रदेश नम्बर २ मा ८ सय २५, बागमती प्रदेशमा ५ हजार २ सय १८ र गण्डकी प्रदेशमा ६ सय ५४ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना रहेका छन ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय १५, प्रदेश नम्बर २ मा ९ सय ९८, बागमती प्रदेशमा ४ हजा ९ सय ६१ र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ५९, कर्णाली प्रदेशमा १ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८८ गरी देशभरी ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेका छन । आज आइसियुमा १ सय ९६ र भेन्टिलेटरमा ३१ जना उपचाररत रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);