सेल्फ आइसोलेशन आदेश तोड्नेलाई १० हजार पाउन्डसम्म जरिवाना तिराउने | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

सेल्फ आइसोलेशन आदेश तोड्नेलाई १० हजार पाउन्डसम्म जरिवाना तिराउने

एजेन्सी,४ असाेज । बेलायत सरकारले सेल्फ आइसोलेशनको आदेश तोड्नेलाई सरकारले १० हजार पाउन्डसम्म जरिवाना तिराउने भएको छ । बेलायतमा सेप्टेम्बर २८ तारिखदेखि कोरोना संक्रमित व्यक्ति र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु सेल्फ आइसोलेशनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले नयाँ व्यवस्था घोषणा गर्दै स्वास्थ्य मापदण्ड पालना नै रोगबाट बच्न उपयुक्त उपाय भएको बताउनु भएको छ । योसँगै बेलायत सरकारले कम आयश्रोत भएकालाई ५ सय पाउन्डको आर्थिक सहयोग दिने पनि जनाइएको छ ।

बेलायतमा पछिल्लो समय पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।नयाँ कानुन अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्विकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ ।

पटक– पटक यो नियम उल्लंघन गर्नेका लागि यो जरिवाना १० हजार पाउन्ड सम्म पुर्याइएको हो । सेल्फ आइसोलेसन बस्नुपर्नेलाई काममा लगाउने रोजगारदातालाई समेत कारबाही गरिने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);