कैलाली एफएममा कार्यरत पत्रकार मृत फेला | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८१, शुक्रबार

कैलाली एफएममा कार्यरत पत्रकार मृत फेला

kailali fm

धनगढी, २ असोज । कैलालीको घोडाघोडी नगरपालिकामा एक सञ्चारकर्मीको शव फेला परेको छ । स्थानीय रेडियो कैलाली एफएममा कार्यरत करिब २३ वर्षीय निर्मला पहराइ घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाकाप्रहरी कार्यालय सुखडले जनाएको छ ।

‘जङ्गलमा मृत शव फेला परेको छ,सुखडका प्रहरी नायवउपरीक्षक सागर बोहराले भने,’घटना सम्बन्धमाथप अनुसन्धानभइरहेको छ ।’ आफन्तका अनुसार पहराइ भाद्र ३१ गतेबाट सम्पर्कविहीन भएकी थिइन् । दुई दिन सम्मपनि सम्पर्कमा नआए पछि असोज १ गते मात्रै आफन्तहरूले प्रहरीमा खबर गरेका थिए ।

इलका प्रहरी कार्यालय सुखडका प्रमुख बोहराले बिहीबार प्रहरीमा खबर आए लगत्तै खोजी कार्य सुरु भएको बताए । खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव वडा नम्बर ५ को जङ्गलमा फेला पारेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पहराइ रेडियो कैलालीमा समाचार वाचीकाको रूपमा कार्यरत थिइन् । उनको रहस्यम मृत्यु भएको भन्दै अनुसन्धानको लागी प्रहरीले एफएममा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);