महोत्तरी, ३० भदौ । महोत्तरीका युवाहरु एउटा सामुदायिक विद्यालयमा व्यवस्थित बाल उद्यान निर्माणमा जुटेका छन् । महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक बिद्यालय पशुपतिनाथ बनरझुल्लामा युवाहरुहरु बाल उद्यान निर्माणमा लागिपरेका छन् ।
बिद्यालयबन्द ब्यापार र सामाजिक गतिबिधिसमेत ठप्प भएका बेला जनसहयोगी युवा सञ्जालमा आबद्ध युवाहरुले बाल उद्यान निर्माणको काम थालेका हुन् । ५० लाखको लागतमा बालउद्यान निर्माण भईरहेको हो । स्थानीय युवाहरुका साथ विद्यार्थीका अभिभावकहरुको सहयोगमा पूmल र अन्य बिरुवा रोपेर पार्क निर्माण भइरहेको जनसहयोगी युवा सञ्जालका सचिव मनोज कुमार महतोले बताउनु भयो ।
बाल उद्यान निर्माणको काम अहिले ७० प्रतिशत पुरा भएको छ । बालउद्यान निर्माणमा हालसम्म २० लाख ६४ हजार २ सय ७० रुपैंयाको खर्च भएको छ । जसमध्ये १४ लाख ९१ हजार ३ सय १३ सहयोगीहरुबाट प्राप्त भएको र पाँचलाख ७२ हजार ९सय ५७ रुपैंयाँ तिर्न बाँकी रहेको जनाईएको छ ।