काठमाडौं, २४ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुरदेउवाले कोरोना भाइरसको महाव्याधीमा सरकारले भ्रष्टाचार बाहेक जनजीवन सहज गर्ने कुनै काम नगरेको आरोप लगाउनु भएको छ ।
१ सय ७ औं वीपी जन्म जयन्तीको अवसरमा बुधबार सभापति देउवाले दिनहुँ कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहे पनि त्यस तर्फ सरकारले खासै चासो नदेखाएको टिप्पणी समेत गर्नुभयो । उहाँले नेपालमा कोरोनाको जोखिमबाट जोगिन पीसीआरको परीक्षण बढाउन र आइसोलेसन केन्द्रहरु बढाउन माग गर्नुभयो ।