जनकपुरधाम, २२ भदौ । सुनचाँदीमा प्रयोग हुने रसायन धातुसहित प्रहरीले जनकपुरबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम–५ सोनरपट्टीबाट महोत्तरी मटिहानी–७ बस्ने २० वर्षीय श्याम दास र सोही ठाउँका २२ वर्षीय मो.नुरारी लहेरीलाई सोमबार पक्राउ गरेको हो ।
भन्सार छली सुनचाँदीमा प्रयोग हुने रसायन धातु ओसार पोसार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब निरीक्षक मकेन्द्र मिश्रको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
दुईवटा साइकलमा सवार उनीहरूको साथबाट १० लाख ६२ हजार ५ सय मूल्य बराबरको अन्दाजी ५० केजी रसायन धातु फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । नियन्त्रणमा लिइएको रसायन धातु आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको डिएसपी मिश्रले जानकारी दिए।
साथै पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जनाए ।