काठमाडौँ, ८ असोज । स्थानीय तह निर्वाचनका घोषित परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) का तीन शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा पार्टीको अवस्था दयनीय देखिएको छ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरु राजन्द्र महतो र महेन्द्रप्रसाद यादवको गृहजिल्ला हो सर्लाही । तर, शीर्ष नेताहरुकै जिल्लामा राजपाले अपेक्षित जित हासिल गर्न सकेन।
२० स्थानीय तह रहेको सर्लाहीमा शनिवार साँझसम्म १६ वटाको परिणाम आईसकेको छ। आजको नागरिक दैनिकमा खबर छ।