राष्ट्रपतिविरुद्ध मुद्धा नलाग्ने : सत्कार खर्च मासिक डेढ लाख, भ्रमण भत्ता कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

राष्ट्रपतिविरुद्ध मुद्धा नलाग्ने : सत्कार खर्च मासिक डेढ लाख, भ्रमण भत्ता कति ?

sital niwas

काठमाडौँ, ८ असोज । राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्धा दर्ता नहुने भएको छ। संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमि तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाा वर्तमान र पुर्वराष्ट्रपतिलाई अदालतमा कुनै मुद्धा चलाउन नपाउने व्यवस्था राखिएको छ।

संसद्को सुशासन तथा अनुगमन समितिमा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमा छलफल भएको थियो । विधेयकको दफा १६ मा रहको मुद्धा नचलाईने शक्र्षकमा राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीका विषयमा निज पदामा रहँदा वा सेवा निवृत्त भएपछि निजउपर कुनै अदालतमा मुद्धा चर्लाइने छैन, भन्ने उल्लेख गरिएको छ।

राष्ट्रपतिको अतिथि सत्कार खर्च मासिन डेढ लाख, विदेश भ्रमण भत्ता दैनिक २ सय ५० डलर रहेको छ। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);