बारामा कुहिएको राहात वितरण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

बारामा कुहिएको राहात वितरण

श्याम गुप्ता
बारा, १९ भदौ ।
बाराको कलैया उपमहानगरपालिकामा राहतमा कुहिएको दाल वितरण गरेको भेटिएको छ । कुहिएको सामाग्री वितरण गरेको अभियोगमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव सहित १३ जना पक्राउ परेका थिए । तर सर्वोच्च अदालतले दिएको निर्देशन अनुसार निषेधाज्ञा भएको कारण कारावाही प्रक्रिया अघि बढेको छैन ।

राहतमा कुहिएको दाल बितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव सहित १३ जना विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । कालोबजारी तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तरर्गत मुद्दा दर्ता गरि अनुसन्धान सुरु भएको थियो । प्रहरीले बैशाख ९ मा सबुत प्रमाणसहित जिल्ला प्रशासन कार्यालयलाई बुझाएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा दाल यादव आईस एण्ड कोल्ड स्टोरबाट खरिद गरिएको खुलेको थियो । ०७६ चैत २९ गते बिहान कोल्ड स्टोर्स र बिभिन्न वडामा छापामारी गरेर २५ किलो र ५० किलो गरि आठ सय ६६ बोरा दाल सिलबन्दी गरेको थियो । सोही दालको नमुना संकलन गरी हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा परीक्षण गराइएको थियो ।

कलैया उपमहानगरपालिकाको विभिन्न वडाले २०७३ देखि यादव आईस एण्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेका थिए । वडा नं.२० बसतपुरमा पनि कुहिएको दाल वितरण भएपछि प्रहरीले अनुसन्धान गरेको थियो । बन्दाबन्दीसंगै पछिल्लो समय निषेधाज्ञाले सर्वोच्च अदालतले दिएको निर्देशन अनुसार कार्वाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

कुहेको राहत सामाग्री नियन्त्रणमा लिइ अनुसन्धान शुरु भएपनि कार्वाही नभएकोमा स्थानीय रुष्ट छन् । स्थानीय प्रशासनमा करिब पाँच महिना अघि मुद्दा पुगेपनि कार्वाही प्रक्रिया अघि नबढेकोले चलखेल हुन सक्ने स्थानीयको आशंका छ ।

महामारीको बेलामा समेत राहतमा चरम बदमासी गर्नेलाई स्थानीय प्रशासनले अनुसन्धानको दायरामा लिएको छ । जुन सकारात्मक होला । तर, राजनीतिक दबाब र आर्थिक प्रलोभनमा दोषीलाई उन्मुक्ति दिएमा सम्बन्धित निकायमाथि पनि अविश्वास बढ्ने पक्का छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);