काठमाडौं, १८ भदौ । अघिल्लो दिन बुधबार घटेको सुनको भाउ बिहीबार पनि घटेको छ । यस दिन सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकेको छ ।
बुधबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा झरेको छ ।