काठमाडाैं,९ भदाै । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलोलाग्ने क्रम चलिरहेको छ । आज पनि सुनको मूल्य तोलामा ७ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय निर्धारण गरिएको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय कायम गरिएको थियो भने तेजावी सुनको मूल्य ९७ हजार ४ सय मा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३२० रहेको महासंघले जनाएको छ ।