‘बोक्सो’को आरोप लगाई अमानवीय व्यवहार गर्ने ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

‘बोक्सो’को आरोप लगाई अमानवीय व्यवहार गर्ने ६ जना पक्राउ

pakrau

राधिका बुढाथोकी
सिन्धुली, ७ भदौ ।
सिन्धुलीमा ‘बोक्सो’ आरोप लगाई कुटपिट तथा अमानवीय व्यवहार गर्ने ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका–५ हात्तीदमारका ७२ वर्षिय लक्षुमान बम्जनलाई बोक्सोको आरोपमा बन्धक बनाई चार घण्टा घरभित्र थुनेर कुटपिट गर्नुका साथै अपमानजनक व्यवहार गर्नेहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–५ हात्तीदमारका ३० बर्षिय हरिमाया वाईबा,२३ बर्षका शुक्र बहादुर वाईबा,५० बर्षकी फुलमाया वाईबा,२६ बर्षकी रजिनामाया वाईबा,२४ बर्षको लाल भन्ने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका–८ बस्ने २२ बर्षका सुरेन्द्र तामाङ वाईबा रहेका प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख,प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

उपरिक्षक सिग्देलका अनुसार धामीझाँक्री र झारफुकका नाममा बम्जनलाई आफ्नै घरमा बोलाई घरभित्र उत्तानो पारी सुताएर छातीमाथि चढी हातपात तथा अपमानजनक,अमानविय व्यवहार गरेको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी नायव निरिक्षक गोपीबहादुर ब्लोनको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिवार साँझ पक्राउ गरेको हो ।

अभियुक्तलाई बोक्सोको आरोपमा आइतबार मुद्धा दर्ता गरि जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

यता पीडित बम्जनले उनिहरुले आफुलाई आफ्नै घरमा बसिरहेको अवस्थामा अपहरण गरेर पाँच सय मिटर पर रहेको फुलमाया वाइबाको घरमा लगी यातना दिइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘६ जना मिलेर चार हातपाउ बाँधी,कोहीले हात समाए,कोहीले खुट्टा समातेर छातीमाथि चढी कुटपिट गरे ।’ ‘हामीलाई भेदाउने तँ बोक्सा होस्, तेरो बान फिर्ता लिई’ भन्दै आफूमाथि कुटपिट भएको पीडित बम्जनले बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);