प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने धमला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८१, मंगलबार

प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने धमला पक्राउ

काठमाडौं,२५ भदौ । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं सानोभर्‍याङ् बस्ने ३७ वर्षीय सन्तोष कुमार धमलालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);