सन्दीपको उत्कृष्ट प्रर्दशनका बाबजुत जमैकाको दोस्रो हार | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

सन्दीपको उत्कृष्ट प्रर्दशनका बाबजुत जमैकाको दोस्रो हार

एजेन्सी, ७ भदौ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनीका बाबजुत क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटमा जमैका तल्लाहाजले लगातार दोस्रो हार ब्यहोरेको छ । शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले पराजित भएको हो ।

यद्यपी सन्दिपले भने उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । टस जितेर बलिङ रोजेको जमैकाका लागि सन्दिपले ४ ओभरमा ८ रन मात्र खर्चेर २ विकेट लिन सफल भएका थिए । सन्दिपले शेरफेन रदरफोर्डलाई ६ रन र क्रिस ग्रिनलाई २ रनमा पेभिलियन फर्काएका थिए । सुरुवातमा ब्याटिङ गरेको गुएनाले निर्धारित ओभर सकिन ५ बल बाँकी छदै अलआउट भएर १ सय १८ रन बनाएको थियो ।

१ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतिमा १ सय ४ रनमात्र बनाएको थियो । जमैकाका आन्द्रे रसेलले अविजित ५२ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । सन्दिप भने ३ बल खेल्दै शुन्य रनमा आउट भएका थिए ।

गुएनाका ब्रान्डन किंगले सर्वाधिक २९ रन बनाएपनि अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेका थिएनन् । जमैकाले लगातार दोस्रो खेलमा हार ब्यहोरेको हो । उसले तीन खेलमा मात्र २ अंक बटुल्दै तालिकाको पुछारदेखि दोस्रोमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);