काठमाडौं, ३ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रत्ति दुःख व्यक्त गर्नुभएको छ । बुधबार बिहान विज्ञप्ति जारी गरी पूर्वराजा ज्ञानेन्द्रले निरन्तर साधनारत उत्कृष्ट व्यक्तित्व घिमिरेको निधनले नेपाली वाङ्मय र साहित्य क्षेत्रमा अपूरणीय क्षति भएको जनाउनुभएको छ ।
देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काव्य कृति सदा पठनीय र मननीय भएको शाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शाहले घिमिरेको निधनले शोकमा रहेका परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ ।