जिल्ला समन्वय समितिका संयोजक र वडा अध्यक्षलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

जिल्ला समन्वय समितिका संयोजक र वडा अध्यक्षलाई कोरोना संक्रमण

corona virous

बाग्लुङ, ३१ साउन बाग्लुङका २ जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा जिल्ला समन्वय समितिका संयोजक र बागलुङको वडिगाड गाउँपालिका वडा नम्वर-६ का ३८ वर्षीय वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कन्ट्रयाक ट्रेसिङमा परेका जिल्ला समन्वय समितिका संयोजक र क्वारेन्टीन व्यवस्थापनमा खटेको भन्दै जाँच गरिएको थियो । जिल्ला समन्वय समितिका संयोजक केहीदिन अघि चितवन गएर फर्किनुभएको थियो ।

जनप्रतिनिधिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्रोत खोज्न थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले बताउनुभयो । सदरमुकाममा रहेका जनप्रतिनिधि र वडिगाडका जनप्रतिनिधिमा संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना पुगेको आँकलन गर्न थालिएको छ ।

जनप्रतिनिधिमा कोरोना संक्रमण देखिपछि आवश्यक सर्तकताको जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक भैरहेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । त्यसै गरी वडा अध्यक्षमा कोरोना संक्रमण देखिएपछि वडिगाड गाउँकार्यपालिकाको बैठक बसेको जनाईएको छ ।

Leave a Reply