भारतीय सर्वाेच्चद्वारा वरिष्ठ अधिवक्ता प्रशान्त भूषण दोषी ठहर | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

भारतीय सर्वाेच्चद्वारा वरिष्ठ अधिवक्ता प्रशान्त भूषण दोषी ठहर

एजेन्सी, ३० साउन । भारतको सर्वाेच्च अदालतले वरिष्ठ अधिवक्ता तथा नागरिक अधिकारकर्मी प्रशान्त भूषणलाई शुक्रबार अदालतको मानहानीमा दोषी ठहर गरेको छ । भूषणले गरेको ट्वीटले अदालतको मानहानी भएको भन्दै दोषी ठहर गरेको हो । अदालतले गत जुन २७ र २९ मा भूषणको सर्वोच्च अदालत र प्रधानन्यायाधीश एसए बोब्डेलक्षित दुई वटा ट्वीटले मानहानी भएको ठहर गरेको हो ।

भूषणले २७ जुनको ट्वीटमा प्रधानन्यायाधीश बोब्डेको तस्बिरमा हेल्मेट नलगाएको भन्दै टिप्पणी गरेका थिए । गत जुनको अन्तिम साता प्रधानन्यायाधीश बोब्डे आफ्नो गृहनगर नागपुरमा निकै महँगो देखिने मोटरसाइकल चढेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त तस्बिरमा बोब्डेले हेल्मेट लगाएका थिएनन् । भूषणले त्यही तस्बिरमाथि टिप्पणी गरेका थिए ।पछि बोब्डेले रोकिराखेको मोटरसाइकलमा चढेको खुलेको थियो ।

त्यसैगरी २९ जुनको अर्को ट्वीटमा भने उनले पछिल्ला ६ वर्षमा संकटकालबिना नै भारतमा लोकतन्त्र ध्वस्त पारिएको र त्यसका लागि सर्वोच्च अदालत र पछिल्ला चार जना प्रधानन्यायाधीशहरुको भूमिका रहेको दाबी गरेका थिए ।भूषणको ट्वीटले अदालतको मानहानी भएको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि अदालतले भूषणसँग जवाफ मागेको थिए । जवाफमा भूषणले आफूले दुईवटा ट्वीटको केही अशंप्रति गल्ती स्वीकार गर्दै माफी मागेका थिए ।

जवाफमा उनले प्रधानन्यायाधीशको गतिविधिप्रति गरिने आलोचना अदालतलाई विवादमा तान्ने र भूमिका कमजोर बनाउने नियतका रुपमा लिन नहुनेसमेत जिकिर गरेका थिए । त्यसैगरी उनले आफ्नो जवाफमा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास मात्र गरेको उल्लेख गरेका थिए । तर, अदालतले ट्वीटले अदालतको बद्नाम भएको र गम्भीर मानहानी भएको भन्दै भूषणलाई दोषी ठहर गरेको हो ।

न्यायाधीशहरु अरुण मिश्र, बीआर गवाई र कृष्ण मुरारीको संयुक्त इजलाशले शुक्रबार यस्तो फैसला गरेको हो ।भूषणलाई केकस्तो सजाय दिने भन्ने अन्तिम फैसला भने यही अगस्ट २०मा गरिने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);