कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो

corona virous

काठमाडौं, ३० साउन । कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ९ जना, प्रदेश नम्बर २ मा ४२ जना र बागमती प्रदेशमा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जनागरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा पुरुष ७७ र महिलाको संख्या २२ रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);