काठमाडाै,२६ साउन । कोरोनाका कारण संघीय संसदका समितिहरुको बैठक प्रभावित हुँदा महत्वपूर्ण विधेयकहरु समितिमै अड्किएका छन् । निरन्तर रुपमा बैठक सञ्चालन हुन नसक्दा राज्य संचालनका लागि आवश्यक नीति नियम निर्माणका काम प्रभावित भएका छन् ।
महामारीको समयमा राहत वितरण तथा उद्धारका काम प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बनाउन निर्देशन दिने निकायको रुपमा रहेका समितिहरुको बैठक प्रभावित हुँदा समस्या देखिएको छ । राष्ट्रियसभामा १० र प्रतिनिधिसभामा १० गरी दुबै सदनका समितिमा २० वटा विधेयक विचाराधिन रहेका छन् ।
सरकारको कार्य सञ्चालनमा महत्वपूर्ण र आवश्यक विधेयकहरु समिति र दुबै सदनमा विचाराधिन रहेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो।
राष्ट्रियसभा र प्रतिनिधिसभामा भ्रष्टाचार र अख्तियार दुरुपयोग सम्बन्धि विधेयक, नागरिकता कोरोना संक्रमणको जोखिमका कारण संसदीय काम कारवाहीमा समेत असर परेको छ ।