विरोधकाबीच कांग्रेस सभापति देउवाद्वारा पार्टीको दश विभागमा सदस्यहरुकाे मनोनयन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

विरोधकाबीच कांग्रेस सभापति देउवाद्वारा पार्टीको दश विभागमा सदस्यहरुकाे मनोनयन

serbahadur

काठमाडाैं,२६ साउन । कांग्रेस सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गर्नुभएको छ । देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गर्नुभएको हो । देउवाले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थप्नुभएको छ ।

१४ औं महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विभाग गठनको औचित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गठनको विरोध गरिरहेका बेला देउवाले एकलौटी रुपमा विभाग गठन र सदस्यहरु मनोनयनको क्रम अघि बढाउनुभएको हो ।

पार्टीको विधानअनुसार केन्द्रीय विभागको गठन महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नु पर्ने व्यवस्था छ । सभापति देउवाले चार वर्षको कार्यकालमा गठन नगरेको विभागलाई महाधिवेशनको कार्यतालिका घोषणा भएपछि गठन गर्न थाल्नुभएको हो ।

देउवाले एकलौटी रुपमा २० वटा विभाग गठन गरेकोमा अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयनसमेत भैसकेका छन् । स्थानीय तहका नेता तथा कार्यकर्तालाई पद बाँडेर महाधिवेशन प्रभावित पार्ने योजनामा देउवा रहेको भन्दै संस्थापन इतरपक्षले विरोध गर्दै आएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);