डडेल्धुरा, २४ साउन । डडेल्धुरामा नेपाल प्रहरीको पीसीआर परीक्षण सुरु गरिएको छ । देशका विभिन्न स्थानमा सुरक्षाकर्मी कोरोना संक्रमति भईरहेको पाइएपछि डडेल्धुरामा पनि शनिबार नेपाल प्रहरीको पीसीआर परीक्षण गर्न सुरु गरिएको हो ।
जिल्लाका विभिन्न स्थानमा सुरक्षार्थ खटिएको १ सय २२ जना प्रहरीको पीसीआर परीक्षणका लागि शनिबार स्वाब संकलन गरिएको छ ।
विशेष गरी राजमार्गमा खटिने प्रहरीको कोरोना परिक्षण गर्न थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा थुनुवामा रहेका ८ जनाको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।