नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८१, शनिबार

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं, ११ साउन । नेपाली बजारमा सुन अहिलेसम्मकै महंगो भएको छ । आइतबार छापावाल सुन गत शुक्रबारको तुलनामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयामा कारोबार भएको जनाएको छ । त्यसैगरी तेजाबी सुन ९५ हजार ८सय ६० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदी प्रतितोला एक हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १ अमेरिकी डलरमा कारोबार भएको छ। महासंघका अनुसार अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा सुनको मूल्य बढेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);