सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

gold and silver

काठमाडौं, ९ साउन । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाल र तेजाबी सुन प्रतितोला एक हजार ३ सय रुपैयाँले बृद्धि भएर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ८ रुपैयामा कारोबार भएको जनाएको छ । त्यसैगरी तेजाबी सुन ९५ हजार ३सय ६५ रुपैयाँ कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार १सय ५० रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

विश्व बजारमा शुक्रबार सुनको मूल्य प्रतिऔँस एक हजार ९सय १ डलर पुगेको जनाइएको छ । महासंघका अनुसार अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा सुनको मूल्य बढेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);