काठमाडौं, ९ साउन । विज्ञहरुले बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न बालबालिकासँग सिधा छलफल गर्न सांसदहरुलाई सुझाव दिएका छन् । संसदको महिला तथा समाजिक समितिको शुक्रबारको बैठकमा विज्ञहरुले बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न बालबालिकासँग छलफल गर्न सुझाव दिएका हुन् ।
संसदको समिति भित्र वा बाहिर प्रदेश र स्थानीय तहसम्म पुगेर बालअधिकारका विषयमा बालबालिकासँग नै रचनात्मक छलफल गर्नुपर्नेमा विज्ञहरुको जोड छ ।नेपालबाट वार्षिक १०देखि १५ हजार बालबालिका विभिन्न हिसाबले भारतमा लागिने भएकाले त्यसलाई रोक्न भारत सरकारसँग छलफल चलाई ठोस कदम चाल्नुपर्ने पनि उनीहरुको भनाई छ ।
त्यसैगरी सरकारले निर्माण गर्ने कुनैपनि भौतिक पूर्वाधार बालबालिका मैत्रि हुनुपर्नेमा विज्ञहरुको जोड रहेको छ ।





