सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा आन्तरिक छानविन सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा आन्तरिक छानविन सुरु

chitwan-national-park

काठमाडौं, ९ साउन । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा आन्तरिक छानविन सुरु गरेको छ । नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानविन थालिएको जनाएको हो ।

यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ । साथै, नेपाली सेना, सरकारको कार्यदेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।

बिहीबार भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारको दाबी छ । राजकुमारका बुबा विष्णुलाले घटनाको छानविन गर्न र दोषीलाई सजाय दिन भाग गरेका छन् । सेनाको कुटपिटपछि घर आएका चेपाङ विरामी भएपछि अस्पताल लगिएको परिवारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);