भिसा लिने क्रममा झुट बोलेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

भिसा लिने क्रममा झुट बोलेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ

एजेन्सी,९ साउन । भिसा लिने क्रममा झुटो विवरण प्रस्तुत गरेको अभियोगमा अमेरिकाले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।चिनियाँ सुरक्षा निकायसँगको सम्बद्धताबारे भिसा लिने क्रममा झुट बोलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।

झुटो विवरण प्रस्तुत गरेका चार जनामध्ये एक जनाको खोजी भइरहेको अमेरिकी संघीय अनुसन्धान व्युरो एफबीआई ले जनाएको छ । चौथो व्यक्ति अमेरिकाको सान फ्रान्सिस्को स्थित चिनियाँ वाणिज्य दुतावासमा रहेको एफबीआइको दाबी छ ।

चिनियाँ सैनिकसँग अघोषित सम्बन्ध रहेको आशंकामा एफबीआईले अमेरिकाका २५ शहरका अरु मानिसहरुबारे पनि सोधपुछ गरेको छ । चिनियाँ वैज्ञानिकहरुलाई अमेरिका पठाउने अभियान अन्तर्गत चीनले उनीहरुलाई सैन्य सम्बद्धताबारे जानकारी नखुलाई भिसा लिन लगाएको अमेरिकको दाबी छ ।

उनिहरुमाथि वास्तविकता नखुलाई अनुसन्धान भिसाका लागि निवेदन दिएको आरोप लागेको अमेरिकाको न्याय विभागको विज्ञप्तिमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);