काठमाडौं, ५ असोज । नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले जनताले चाहे अनुसारको परिवर्तन अझै नआएको बताएका छन् । अध्यक्ष बैद्यले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको ग्यारेन्टी हुनेगरी आफ्ना सृजनाहरु प्रकाशित गर्न पनि साहित्यकारहरुलाई आह्वान गरे ।
प्रगतिशिल लेखक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकमा गणतन्त्र आएपनि जनताले त्यसबाट लाभ लिन सक्ने अवस्था अझै नरहेको बताए ।
समाजको रुपान्तरणको कामको नेतृत्व प्रगतिशील साहित्यकारहरुले गर्दै आएको उनले उल्लेख गरे । अध्यक्ष बैद्यले साहित्यकारहरुले जनताको पक्षमा काम हुने वातावरण बनाउने तर्फ लाग्नुपर्ने बेला आएको बताए ।