कन्चनपुर, ८ साउन । कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । अज्ञात समूहले बुधबार राति वडा कार्यालयमा आगजनी गरेको हो ।
झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडा अध्यक्ष जगत सिंहले बताउनुभएको छ । आगजनीबाट कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेका छन् । वडा सचिव, सभाहल र प्राविधिक बस्ने कोठामा आगो लगाइएको छ ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो । क्षतिको विवरण संकलनका साथै प्रारम्भिक अनुसन्धान भइरहेको छ ।