बन्दाबन्दीको चार महिना : भारतीय सीमा संधैको लागि बन्द हुन सके आर्थिक बरदान सिद्द हुन सक्ने (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बन्दाबन्दीको चार महिना : भारतीय सीमा संधैको लागि बन्द हुन सके आर्थिक बरदान सिद्द हुन सक्ने (भिडियोसहित)

काठमाडौं, ७ साउन । करीव चार महिना लामो कोरोना सन्त्रासलाई देखाएर गरिएको बन्दाबन्दी औपचारिक रुपमा अन्त्य भएको छ । बन्दाबन्दीको सुरुवात जस्तै अन्त्य पनि औचित्यपूर्ण भने देखिएको छैन । वास्तविकता भन्दा सामाजिक संजाल र संचार माध्यमहरुका कारण संसारलाई त्रस्त बनाउन सफल कोरोनाले संसारलाई नै एउटा कठपुतलीको रुपमा नचाउन सफल देखियो ।

ठूलाठूला महाशक्ति राष्ट्रदेखि सानासम्मलाई एकैपटक कुनै न कुनै रुपमा प्रभावमा पार्न सफल यो कोरोनाले एकैपटक संसारलाई नै लगभग गतिहीन बनाउन सफल भयो । अझै पनि थुप्रै चुनौतिहरु संसारभरि रहेको पृष्ठभूमिसंगै बन्दाबन्दीरुपी निस्क्रयताबाट संक्रमणलाई जित्न नसकिने निष्कर्षसंगै विस्तारै चलायमान हुनेतर्फ सम्पूर्ण विश्व उन्मुख रहेको पाइन्छ ।

यस्तै सन्त्रासबाट प्रभावित हुँदै संक्रमणको कुनै पनि संकेत विना सुरु भएको बन्दाबन्दी पर्याप्त संक्रमण परीक्षण हुन नसकेकै कारण कम संक्रमण देखाई बन्दाबन्दीलाई बिदा गरिएको छ । संक्रमणकै बीचमा देश भित्र थुप्रै कामहरु भए । प्रारम्भमा राहतको निमित्त सरकार र समाजसेवीहरुको तछाडमछाडले गदार्, ठूलै मानवीयता प्रदर्शन गर्दै राहत सामग्रीहरु वितरण गरियो ।

यो सक्रियता एक डेढ महिनामै समाप्त भयो । जब अत्यन्त जरुरत थियो, त्यसबेला सरकार तथा समाजसेवीहरु लगभग निस्क्रिय रहेका थिए । माक्स, स्यानिटाइजर, ग्लोबहरुले राम्रै व्यापार गरे । व्यापारीदेखि सत्तासम्मको संलग्नताका थुप्रै समाचारहरु आए । व्यापारिक घरानाहरु समेत स्वास्थ्य सामग्रीको कालो बजारीमा पक्राउ परे । भारतीय सामानहरुको नियमित आपूर्तिमा सरकार केन्द्रित रह्यो ।अर्बाैको सामान भारतबाट खरिद गर्दै बन्दाबन्दीको समयलाई सहज बनाउन सरकार सफल भयो ।

सरकारले कुनै पनि आपूर्ति प्रणाली अवरुद्ध नभएको र जनजीवन सहजताको साथ अगाडि बढेको भन्दै आफ्नो कार्यकुशलताको जश लियो । प्रतिकूल अवस्थामा समेत संचार क्षेत्र, बैंकिङ क्षेत्र, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रमा कार्यरत निकायहरुले वास्तवमै जनमानसबीच संवाहक शक्तिको रुपमा काम गरेको देखियो । यत्रो सन्त्रासको बीचमा अवरुद्ध थुप्रै गतिविधिहरु र नयाँ चुनौतिहरुको सामना गर्नको निमित्त अपनाउनु पर्ने नयाँ कार्ययोजना बनाउन सरकारले सकेन ।

कोरोनाले जनको क्षति त्यति नभएपनि धनको भने ठूलै क्षति भएको सन्दर्भमा समेत सरकार बेखबर जस्तो देखियो । थला परेका व्यवसायहरुको निमित्त कुनै आशा लाग्दो कार्यक्रम र रणनीति सरकारले ल्याउन सकेन । यही संक्रमणको बीच विदेशबाट नेपाल भित्रिएका र भित्रिनेहरुको लागि समेट्ने सरकारको कुनै योजना आउन सकेन । पार्टी संक्रमणबाट संक्रमित नेकपा अझै जीवनमरणको दोसाँधमा छ । प्रधानमन्त्री यही उपचारमा आफ्नो सम्पूर्ण समय बिताइ रहेका छन् ।

कोरोनाले थुप्रै नयाँ संभावनाहरु नेपालको लागि हुन सक्ने देखिंदादेखिंदै पनि त्यसको सही पहिचान र व्यवस्थापन हुन नसक्दा कागलाई बेल जस्तो हुन गएको छ । गाउँ गाउँमा भरिभराउ जनमानसहलाई उत्पादनशील कार्यमा लगाउन सकिने महत्वपूर्ण सम्भावना राज्यले अझै पहिचान गर्न सकेको छैन । संक्रमणको बेला विदेशमा गरिएको दोश्रो दर्जाको व्यवहारबाट पीडित नेपालीहरु आफ्नै देश चाहिंदो रहेछ भनेर स्वदेश फर्किए । फिर्ता भएका नेपालीहरु देशको भद्रगोल अवस्थासंगै फेरी झोला बोकी विदेशलाई नै गन्तव्य बनाउने अवस्था आयो भने, त्यो नेपालको लागि सबैभन्दा ठूलो दुर्भाग्य हुनसक्छ भन्ने अहिलेसम्म सरकारले बोध गर्न सकेको छैन ।

यी वास्तविकता र अस्तव्यस्तताका बीच निराश नेपाली अर्थतन्त्र यदि संक्रमणकै कारण बन्द रहेको नेपाल भारत सीमा सदाका लागि बन्द हुन जाने हो भने, कोरोना नेपालको लागि आर्थिक बरदान सावित हुन सक्ने थियो होला । समयमै सोच र चिन्तन गरी त्यसको लाभ उठाउनेतर्फ सम्बन्धित पक्ष संवेदनशील रहन गयो भने, हरेक विनास, विकासको महत्वपूर्ण आधार पनि हुन सक्ने निर्विवाद छ ।
https://www.facebook.com/mountaintelevision/videos/332988841190575/

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);