सप्तरी,७ साउन । राजविराज नगरपालिकाद्धारा १५ दिन बन्दाबन्दीकाे घोषणा गरेको छ । सप्तरीमा संक्रमितको संख्या बढेसंगै राजविराज नगरपालिकाद्वारा थप १५ दिन बन्दाबन्दीकाे घोषणा गरिएको हो ।
बुधबार सप्तरीका १४ जना कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये एक जना गजेन्द्रनारायण सिंह अस्पतालको इमरजेन्सि वार्ड र एक जना अस्पताल भित्रकै पोषण पुर्नस्थापना केन्द्रमा कार्यरत कर्मचारी रहेको जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बुधबार देखि कोरोना समुदाय स्तरमा पुगेको पुष्टि गर्नुभयो ।
समुदायमा स्तरमा पुगेको र अस्पतालकै दुई जना कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि थप कदमका विषयमा निर्णय लिन बैठक बस्ने तयारी भईरहेको यादवले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय सप्तरीमा संवन्धित निकायका अधिकारीहरुको बैठक बस्ने तयारी भईरहेको छ ।