वीपी सानो देशको अग्लो व्यक्तित्व भएको दूरदर्शी नेता हुनुहुन्थ्याे : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

वीपी सानो देशको अग्लो व्यक्तित्व भएको दूरदर्शी नेता हुनुहुन्थ्याे : सभापति देउवा

deuba

काठमाडाैं, ६ साउन।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक नेता स्वर्गीय वीपी कोइरालालाई सानो देशको अग्लो व्यक्तित्व भएको दूरदर्शी नेता भन्नु भएको छ।

प्रजातान्त्रिक समाजवादबारे कोइरालाको विचार आज झनै सान्दर्भिक भएको भन्दै वीपीकै विचार र विश्वासको बाटोमा मुलुक हिँडेको पनि दाबी गर्नुभयो।

पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुनु भएका स्वर्गीय कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रमलाई ‘जुम’ मार्फत सम्बोधन गर्दै सभापति देउवाले कोइरालाले देखाउनु भएको बाटोमा इमान्दार ढङ्गले पछ्याएर मात्रै सबैको सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउँनुभयो।

‘राष्ट्रमाथि संकट आउँदा आफ्नो जीवनको जोखिम मोलेर २०३३ सालमा वीपी स्वदेश फर्कनु भएको थियो’, सभापति देउवाले थप्नुभयो, ‘आज राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भइरहेका बेला वीपीको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावना साथ समाधान पहिल्याउनु पर्दछ ।’

साहित्यकारसमेत रहनु भएका स्वर्गीय कोइराला मनोबैज्ञानिक कथा लेखनमा अब्बल हुुनुहुन्थ्यो।