काठमाडौं, ३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । सचिवालय बैठक दिउँसो तीन बजे बस्नेछ ।
स्थायी समितिको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग गरेपछि विवाद भएको थियो । शुक्रबार ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा स्थायी समिति बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।