आफ्नै देशबाट खेदिएका रोहिंग्यालाई अमेरिकाले ३ करोड डलर दिने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २१ २०८१, बुधवार

एजेन्सी, ५ असोज । आफ्नै देशबाट भाग्न बाध्य बनाइएको रोहिंग्या समुहलाई अमेरिकाले तीन करोड बीस लाख डलर सहयोग स्वरुप दिने भएको छ । बुधबार अमेरिकाको न्युयोर्कमा बसेको सयुंक्त राष्ट्र संघको बैठकमा अमेरिकाले आफु रोहिंग्या समुहलाई सहयोग गर्न तत्पर रहेको बताएको छ ।

बंगलादेशमा सरण लिँदै आएका कम्तिमा ४ लाख भन्दा माथि रहेको सो समुहका लागि आर्थिक सहयोग एवम् उनीहरुको अधिकार दिलाउन पहल गर्ने प्रतिबद्वता जनाएको छ ।

अमेरिकाले गरेको सो कामलाई अन्य देशले पनि अनुसरण गर्नेमा आफु विस्वस्त रहेको बताउँदै म्यानमारमा रोहिंग्या समुदाय बस्दै आएको राखीने प्रान्तमा पुनः शान्ती ल्याउन समेत आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);