सिंगापुरमा सत्तारुढ पीएपीलाई पुनः सत्ता संचालनको जनादेश | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सिंगापुरमा सत्तारुढ पीएपीलाई पुनः सत्ता संचालनको जनादेश

एजेन्सी, २८ असार । सिंगापुरमा भएको आम निर्वाचनमा सत्तारुढ दल विजयी भएको छ । शुक्रबार भएको आमनिर्वाचनबाट सत्तारुढ दल पिपल्स एक्सन पार्टी पीएपीले नै निर्वाचनमार्फत् फेरि सत्ता सञ्चालनको जनादेश पाएको हो ।

कुल खसेको मतमध्ये ९० प्रतिशतसम्मको नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी डब्लुपीले १० मात्रै सिटमा जित्न सफल भएको छ । निर्वाचनको नतिजा औपचारिकरुपमा घोषणा भएपछि सत्तारुढ दलले फेरि सरकार गठनका लागि गृहकार्य गर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सम्पन्न निर्वाचनमा कुल मतदातामध्ये ६१.२४ प्रतिशतमात्रै मतदाता सहभागी भएका थिए । यसैत्रीच आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि प्रधानमन्त्री लि हसिन लुङ्गले नतिजालाई सकारात्मक र सन्तोषजनकरुपमा लिएको बताउनुभएको छ । यसलाई अति ठूलो उपलब्धिको रुपमा लिनुपर्ने अवस्था नरहेको र यो अनपेक्षित नतिजा नभएकोे उहाँको भनाइ छ ।

सत्तारुढ दल पीएपीले यसअघि सन् २०१५ मा ६९.९ प्रतिशत मत ल्याएकोमा अहिले ८.७ प्रतिशत घटेर ६१.२४ प्रतिशत मात्रै ल्याएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);