कोरोनाका कारण बन्द अन्तर्राष्ट्रिय क्रिकेट नयाँ नियमसहित १ सय १८ दिनपछि सुरुहुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८१, आइतबार

कोरोनाका कारण बन्द अन्तर्राष्ट्रिय क्रिकेट नयाँ नियमसहित १ सय १८ दिनपछि सुरुहुँदै

Cricket

काठमाडाैं, २३ असार । बुधबार इङ्ल्याण्ड र वेस्ट इन्डिज पहिलो टेस्ट क्रिकेट खेल्न मैदानमा उत्रने छन् । तीन टेष्टको श्रृखला अन्तर्गत इंग्ल्याण्डको साउथह्याम्पटनमा पहिलो खेल खाली रंगशालामा हुने छ ।

५ दिनको टेष्ट खेलको बीचमा कुनै खेलाडीमा कोरोना संक्रमण पुष्टि भयो भने पनि खेल रोकिने छैन । उनको स्थानमा अर्को खेलाडीले खेल्न पाउनेछन् । यो खेलका लागि अब चौका र छक्कापछि बाउन्ड्री लाइनबाहिर गएको बललाई रिजर्भ खेलाडीले पञ्जा लगाएर ल्याउनुपर्नेछ । बलरले बलमा थुक लगाउन पाउनेछैनन् भने कोरोना सब्सटिट्युटका रुपमा अतिरिक्त खेलाडी राख्न पाइनेछ ।

नयाँ नियम अनुसार खेलका विकेट झर्दा वा जीतपछि खबै खेलाडी एकै ठाउँमा जम्मा भएर खुसायाली मनाउन पाउने छैनन् । खेलाडीहरुलाई अंगालो हाल्न र हात मिलाउन निषेध गरिएको छ । यसैगरी बलरले आफ्नो स्वीटर, टोपी र चस्मा अम्पायरलाई दिन पाउनेछैनन् । उनीहरुले त्यसलाई आफै मैदानबाहिर राख्नुपर्नेछ । एउटा खेलाडीको सामग्री अर्काे खेलाडीले प्रयोग गर्न पाउने छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);