धौलागिरी क्षेत्रमै पहिलो पटक क्यूआर कोड बैंकिङ सेवाकाे सुरुवात | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

धौलागिरी क्षेत्रमै पहिलो पटक क्यूआर कोड बैंकिङ सेवाकाे सुरुवात

काठमाडाैं,२१ असार। सहकारीका सदस्यहरुलाई छिटो, सरल, विश्वसनिय र उच्चस्तरिय सेवा दिने प्रतिबद्धता सहित बागलुङको सिवाईसी बचत तथा ऋण सहकारीले गण्डकी प्रदशेको धौलागिरी क्षेत्रमै पहिलो पटक क्यूआर कोड बैंकिङ सेवा सुरुवात गरेको छ ।

सहकारीलाई प्रविधिमैत्री बनाउने र सदस्यलाई सरल तथा सहज रुपमा सेवा दिने उद्देश्यले नयाँ सेवा सुभारम्भ गरेको कार्यालयले जनाएको छ। आर्थिक कारोबारका लागि डिजिटल प्रणालीको सुरु गरेको संस्थाले प्रविधिमैत्री सेवा र सदस्यको सुविधाको लागि मोवाइल एप्स मार्फत आर्थिक कारोबार गर्न सदस्यलाई सहज हुने बिश्वास गरिएको छ ।

एप्सबाट सबै किसिमको भुक्तानी गर्नका लागि सहज हुने सेवाग्राहिको भनाइ छ । साथै मोवाइल बैंकिङ मार्फत ब्यालेन्स पठाउन, टेलिफोन, बिजुलीको विल तिर्न समेत एप्सको मदतले सहज हुने सहकारीले जनाएको छ ।

चेकबुक र रकम बोकेर हिड्नु पर्ने समस्या अन्त्य गर्न सहकारीले समयको माग अनुसार डिजिटल सेवा सुरु गरेको जनाएको छ । क्यासलेस कारोबारमा प्रोत्साहन गर्ने उदेश्यले संस्थाले निर्माण गरेको ‘क्युआर कोड’ बितरण गर्ने र त्यसमार्फत भुक्तानी गर्न सदस्यलाई प्रेरित गर्ने सहकारीको योजना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);