होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछ : पर्यटनमन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछ : पर्यटनमन्त्री भट्टराई

yogesh-hotel

काठमाडौं, १९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ ।  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताउनुभयो ।

अहिलेको पर्यटक-ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उहाँले बताउनुभयो । व्यवसायीहरुले सञ्चालन अनुमतिका लागि पटक पटक आग्रह गरेपनि छलफल चलिरहेको उहाँले बताउनुभयो । भोली होटल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री भट्टराईले भन्नुभयो, ‘‘मान्छे आएर बस्नुपर्‍यो, मान्छे बस्नुपर्‍यो । पर्यटकहरु आउनुपर्‍यो । आन्तरिक पर्यटक पनि आउनुपर्‍यो । होटलमा बस्न सुरक्षित छैन् । सामाजिक दुरी छैन् । अरु उपायहरु अवलम्बन भएको छैन भने होटल खोलेर मात्रै को आउँछ ? त्यसैले प्रत्येक पर्यटकिय क्षेत्रहरुलाई आवश्यक प्रोटोकल तयार गर्नुहोस् भनेर जारी भएको छ । सबै ठाउँमा पुगेको छ । सबै होटल व्यवसायीहरुले त्यो अनुसार आफुलाई तयारीमा राख्नुपर्यो ।’’ व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उहाँले बताउनुभयो ।

मन्त्री भट्टराईले एयरलाइन्सहरुले पनि आवश्यक प्रोटोकल बनाएको तर सञ्चालनका लागि केही समय अझै लाग्ने बताउनुभयो । उहाँले होटल र एयरलाइन्ससँग अरु कुराहरु पनि जोडिएको बताउनुभयो । कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लािग सीसीएमसीमा प्रस्ताव लिएर जाने बताउनुभयो ।

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्न हुने बताउनुभयो । निर्माणको काम सकिएपछि करिब तीन महिना सञ्चालनको पूर्व तयारी गरी व्यवसायीक उडान भर्ने उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको उहाँले बताउनुभयो । सरकारी र नीजि क्षेत्रबाट गरी पर्यटन क्षेत्रमा १० खर्ब बढीको लगानी रहेको उल्लेख गर्दै उहाँले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उहाँले बताउनुभयो । कोभिडका कारण कर्मचारीहरुलाई तलब दिनुपर्ने संकट उत्पन्न भएको उहाँको भनाई छ ।

स्वास्थ्य सामग्री ढुवानीको पैसा ओम्नी समूहले अहिलेसम्म भुक्तानी नगरेको उहाँले बताउनुभयो । चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादीत ओम्नी समुहले अहिलेसम्म ढुवानी बाफतको रकम एयरलाइन्सलाई दिएको छैन् ।

कोरोना पु¥याएको क्षति पछि कसरी पुनर्स्थापना गर्ने भन्ने विषयमा आवश्यक छलफल चलिरहेको उहाँले बताउनुभयो । देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमाफर्त ५० अर्बको पुर्नकर्जाका लागि कोष बनाइएको उहाँले बताउनुभयो । १ खर्बको अर्को कोष बनाइएको उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने अहिले २० करोडको एउटा कोष बनाइएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);