समाचार | Page 1704 of 6023 | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

समाचार

आज नागरिकसँग टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार ७८३ टिपाए नाम र नम्बर

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनको सचिवालयले जनाएको छ । ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ ओलीले भनेका छन् । धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो१ २ बजेपछि नाम टिप्न बन्द गरिएको थियो ।

नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मंगलबार अनुरोध गरेका थिए । संसदीय चुनाव नजिकिँदै जाँदा ओलीले चुनावी अभियान तीव्र पारेका छन् । केही दिन अघि मात्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई खुला डिभेटका लागि आह्वान गरेका थिए ।

मापसे चेकजाँचमा कडाइ, १८९ चालक कारबाहीमा

काठमाडौं । तिहार नजिकिएसँगै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही तीव्र पारेको छ । प्रहरीले बिहीबार मात्र एकैदिन १८९ जना सवारी चालकलाई कारबाही गरेको हो । लेन अनुशासन पालना नगर्ने ७६  सवारी चालक पनि कारबाहीमा परेका छन् ।

सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न  बजाउने १३८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३५ चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लाएर माछा मार्न खोज्दा दाङमा एक जनाको मृत्यु

काठमाडौं । विद्युत तारबाट ‘हुक’ गरी माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ क्वाङखोलामा बेलुकी साढे ४ बजेतिर माछा मार्ने क्रममा हसनापुर गाउँका २० वर्षीय विपीन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विपीन सोही गाउँका २० वर्षीय सर्वन बुढा, २२ वर्षीय अर्जुन बिक र ४० वर्षीय भोला डिसी सँगै माछा मार्न गएका थिए ।

उनीहरूले खोलामाथिको नांगो तारमा तार बल्झाएर करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गरेका थिए। सोही क्रममा विपीनलाई करेन्ट लागेर मृत्यु भएको थियो । घटनापछि अर्जुन र भोला फरार छन् । सँगै माछा मार्न गएका सर्वनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

थाहा पाउनुहोस् आजको राशिफल

काठमाडौं । आजको पात्रो : कात्तिक ४, शुक्रबार २०७९ । तद्नुसार अक्टोबर महिनाको २१ तारिक २०२२ । कात्तिक कृष्णपक्ष एकादशी, आजको एकादशी रमा एकादशी भनिन्छ ।

एकादशीको व्रत गर्नेहरूले आजको दिन भोजन गरिँदैन । बालव करण, मघा नक्षत्र, चन्द्रमा सिंह राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः०८ मा भएको छ भने सूर्यास्त ५ः३० मा हुनेछ ।

बिहान ११ः२६ देखि १२ः११ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्न सकिन्छ । शुक्रबार मनोरन्जन र यात्राका लागि राम्रो मानिन्छ । आजको देवता पार्वती, ग्रहदेव चन्द्र रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
तपार्इंलाई रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानैं देवालयको दर्शन गरेर काम सुुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायमा सोचेअनुसार नाफा प्राप्त हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । तपार्इंको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिक काम गर्दा मनमा हर्ष उत्पन्न हुनसक्छ । चन्दमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आजको सदन दिन कष्ट आउनेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैलाई पनि बैरभाव हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । त्यसैले एकाग्र चित्तले आफ्नो दैनिक काम सम्पादन मात्र गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यले अनावश्यक लान्छना लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन तपाईंकै कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । कन्या राशिका जातकले  स्त्रीजातिबाट सहयोग प्राप्त हुँदा निराशा हुनुपर्नेछ । आज आम्दानीको  धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
ग्रह बलियो भएका बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभ यो सोचे अनुसार काम बन्नेछ । शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक कार्यमा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।  आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन सफलता मिल्नेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
कामबाट मान सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको देवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापारमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । परिवारमा विवाद हुनसक्छ । मौन रहनु उत्तम हुनेछ ।

सत्ता गठबन्धनको चुनावी अभियान : देउवा, प्रचण्ड र माधव नेपालले आज पोखरामा सम्बोधन गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् । यसअघि काठमाडौं-२ र  ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज शुक्रबार पोखरा जाँदैछन् ।

प्रशिक्षण कार्यक्रम भनिएको भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् । शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।

शेख रसेल कप चेसको उपाधि बंगलादेशलाई, नेपाल तेस्रो स्थानमा

काठमाडौं । शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको उपाधि बंगलादेशले जितेको छ । बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो ।

समान तीन-तीन म्याच प्वाईन्ट बनाएको श्रीलंकालाई गेम प्वाईन्टमा पछि पारेको बंगलादेशले ४ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । दोस्रो स्थानमा रहन सफल श्रीलंकाले ३ हजार अमेरिकी डलर पाउँदा तेस्रो भएको नेपालले २ हजार अमेरिकी डलर हात पारेको छ । लिग चरणमा चौथो स्थानमा रहेको पाकिस्तानले नगद १ हजार अमेरिकी डलर पुरस्कार हासिल गरेको छ ।

बंगलादेशको राजधानी ढाकामा गत अक्टोबर १२ देखि शुरु भएको च्याम्पियनशीपमा नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानको सहभागिता थियो । राउण्ड रोविन प्रणालिबाट अंकतालिकाको शीर्ष स्थानमा रहन सफल ३ टोलि सुपर लिगमा प्रवेश गरेका थिए । नेपाली टिम सुपर लिगका दुबै खेलमा पराजय व्यहोर्न पुग्यो । च्याम्पियनशीपको अन्तिम खेलमा बंगलादेशले नेपालविरुद्ध ३ ग्रान्डमास्टर र १ ईन्टरनेशनलमास्टरलाई प्रतिष्पर्धा गराएको थियो ।

पहिलो बोर्डमा ग्रान्डमास्टर ईनामुल हुसेनले नेपाली फिडेमास्टर रिजेन्द्र राजभण्डारीलाई हराए । दोस्रो बोर्डमा बिलमलाल श्रेष्ठलाई अर्का ग्रान्डमास्टर जिउर रहमानले पराजित गरे । तेश्रो बोर्डमा खेलेका सिंगेश्वर दासलाई ग्रान्डमास्टर नियाज मुर्सीदले हार चखाए भने चौथो बोर्डमा प्रतिष्पर्धा गरेका राजेन्द्र बज्राचार्य बंगलादेशी ईन्टरनेशनलमास्टर मोहमद फहाद रहमानसँग अंक गुमाउन पुगे ।

व्यक्तिगत विधातर्फ पहिलो बोर्डमा रिजेन्द्र, दोश्रो बोर्डमा बिलमलाल र तेश्रो बोर्डतर्फ सिंगेश्वर दासले काँस्य पदक प्राप्त गरे । ६ सदस्यीय नेपाली टोली शुक्रबार स्वदेश फर्किने छ ।

पश्चिमीसँगै स्थानीय वायुको प्रभाव, वर्षाको सम्भावना कति ?

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको छ । जसकारण मुलुकका पहाडी भेगमा बदली हुने गरेको छ । केही क्षेत्रमा हल्का वर्षा पनि भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । तर, गण्डकी र  लुम्बिनीका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउँछन् : घनश्याम भुसाल

देबदह। नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको आरोप लगाए। ‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छे आजभोली हास्छन् । डाँडामा भ्यूटावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधनस्रोतको अनावश्यक खर्चमात्रै हुन्छ । बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ, यसले हाम्रो जस्तो गरिब मूलुकको गरिब जनताको अनावश्यक खर्च दोहन गर्ने गर्छ,’ भुसालले भने । अहिलेको चुनावी व्यवस्थाले नै दलहरुबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै भुसालले संविधान जोगाउनको लागी वाम लोकतान्त्रिक गठबन्धन बनेको बताए । उनले अहिलेको वाम लोकतान्त्री गठबन्धन संविधान जोगाउनेहरूको भएको बताए ।

रुपन्देही क्षेत्र नम्बर १ मा विकासका नाममा निर्माण हुने पूर्वाधारहरुलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने भुसालको भनाइ छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले पत्र पठाएको हो।

अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित एक कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।

आयोगले उक्त सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा नेता नेपालको हो होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले स्पष्टीकरण सोधेको हो । सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत पत्र पठाएको छ।

आजबाट दोस्रो चरणको मतपत्र ढुवानी सुरु

काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ।

पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ ।  समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।  यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्लामा पठाइसकेको छ।

प्रत्यक्षतर्फ १ करोड ३७ हजार मतपत्र छपाई 

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।  छापिएका मध्ये प्रतिनिधि सभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार रहेको निर्वाचन आयोगले जनाएको छ। योसँगै प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ। प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ।

नवौं राष्ट्रिय खेलकुद : अन्तिम दिनका खेलमा कस कसले पाए पदक ? हेरौं

पोखरा। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसतर्फ ‘मेन्स टिम’ इभेन्टसको स्वर्ण प्रदेश १ ले जितेको छ । बिहीवार भएको फाइनल खेलमा प्रदेश १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको  हो ।
प्रतियोगिताअन्र्तगत पहिलो सेट नेपाल प्रहरीले डबल्समा प्रदेश १ लाई ५–१ , दोस्रो सिंगल्स प्रदेश १ ले नेपाल प्रहरीलाई ४–० तथा प्रदेश १ ले डबल्समा ५–१ को सेटले नेपाल प्रहरी पराजित भएको हो ।
स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुमा प्रदेश १ का युकेश योञ्जन, अशिष बोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।
त्यस्तै नेपाल प्रहरीका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लङगेली, हरीबहादुर बस्नेत र भिमबहादुर थापा मगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ ।

कबड्डी

नवौं राष्ट्रिय खेलकुदअन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ ।
बिहीबार पोखरामा सम्पन्न पुरुष फाइनलमा लुम्बिनी प्रदेशलाई ४१–२० ले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ ले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो ।
प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र एपीएफ कास्य पदक विजेता बने । आर्मीले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवैमा स्वर्ण जितेको थियो । यही असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषमा गरी सात प्रदेश र ३ विभागिय गरी १०– १० टिमको सहभागिता रहेको थियो ।

टेनिस 

टेनिसमा नेपाली सेना चार स्वर्ण सहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो । यसैगरी, आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जिते । पोखरा रङगशालाको टेनिस कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट हाडालाई ७–६,६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जित्नुभयो । खड्काले स्वर्ण जित्दा हाडाले कास्यमा चित्त बुझाए । यसैगरी, महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६–१, ६–२ सेटमा पराजित गर्दै स्वर्ण जिते । पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य जिते ।  महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जिते ।  पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडी रजत पदक जितेको छ । गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते ।  महिला युगलबिधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाको जोडीले रजत पदक जिते । सेनाका इशाश्री शाह र सुभाङ्गी लक्ष्मी शाहको जोडी र सशस्त्रका सुनिरा थापा र सर्भानी श्रेष्ठको जोडीले कास्य जिते ।  टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक जिते । सेनाका अनिल साई र प्रीति बरालको जोडी र सशस्त्रका गोविन्द नेपाली र इशाश्री शाहको जोडीले कास्य पदक जिते ।  टेनिसको टिम इभेन्ट विधामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा च्याम्पियन टोली तथा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे।

पुरुष हक्की

पोखरा,३ गते । नवौ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हकी प्रतियोगितामा नेपाल आर्मी टाईब्रेकरमा विजयी भएको छ । हेम्जाको गौरीशंकर खेल मैदानमा विहीबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी २–१ गोल अन्तरले विजयी भएको हो । खेल अवधिभर कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाईब्रकरमा पुगेको थियो ।
टाईब्रकरमा आर्मीका रोशन चौधरी र प्रदिप राजवंशीले गोल गरेका थिए । यता नेपाल पुलिसको तर्फबाट नविन क्षेत्रीले एक गोल गरेका थिए भने  शशि दर्लामीले गरेको गोल आउट हुन पुगेपछि आर्मीलाई विजेता हुन अवसर मिलेको हो ।

आर्मीले आठौ खेलकुदमा पनि फार्र्ईनलमा नेपाल पुलिसलाई हराउदै स्वर्ण जितेको थियो ।  यस्तै, आजै भएको पहिलो खेलमा कर्णालीलाई हराउदै गण्डकीले कास्य पदक जितेको छ । गण्डकीले ३–० को गोलअन्तरले कर्णालीलाई हराएको हो ।

गण्डकीका लागि खेलको १० औं, २७ औ र ४४ औं मिनेटमा पिताम्वर थापाले गोल गरेका थिए भने ५७ औं मिनेटमा विशाल कुमालले गोल गरेका थिए । प्रतियोगितामा ९ टिम सहभागी थिए ।

खोखो 

पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो ।महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो । राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले रजत पदक हात पारेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश १ लाई पराजित गर्दै कास्य पदक जितेको हो ।  पुरुषतर्फ बागमती प्रदेश १ लाई नै हराउँदै बागमती प्रदेशले काँस्य पदक जितेको छ । बागमतीले २८–७ अंकले प्रदेश १ लाई पराजित गरेको हो । असोज ३० देखि सुरु भएको प्रतियोगितामा २ विभागीयसहित नौ टिम सहभागी थिए ।

पुरुष भलिबल 

पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ । पहिलो सेट २५–२१ ले एपिएफको पक्षमा प¥यो ।
दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदा हुँदै एपीएफले २७–२५ ले बाजी मा¥यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्ट वरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपूर आनन्द लिए । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपीएफले तेस्रो सेट पनि २६–२४ ले टुंग्याउँदा आर्मीले रजतमा चित्त बुझायो ।

एपीएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभ समेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए । आर्मीको खेल नराम्रो भन्न मिल्दैन, उनले भने, हाम्रो ब्लक र डिफेन्स बलियो हुँदा यसपल्ट आर्मीको दबदबालाई तोडेर जित हात पार्न सफल भएका छौं ।आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो । नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपीएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।  बिहीबार नै कांस्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० मै समेट्यो । पहिलो सेट २६–२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो । पुलिसले दोस्रो र तेस्रो सेट क्रमशः २५–१४ र २५–१८ ले आफ्नो पक्षमा पारेर कांस्य हात पार्‍यो ।

प्रतियोगिता अवधिभर कुनै खेल पनि पाँच सेटसम्म पुगेन । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।

नवौं राष्ट्रिय खेलकुद : दुवाथलनमा पुरुषतर्फ पुलिसलाई र महिलामा आर्मीलाई स्वर्ण 

काठमाडौं। दुवाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । पाँच किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्बूले एक घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् ।

यसैगरी निर्धारित दूरी एक घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी ईन्द्रकला नेम्वाङले स्वर्ण पदक हात   पारिन् । पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दूरी एक घण्टा एक मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दूरी एक घण्टा सात मिनेट ३४ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भए ।

महिलातर्फ एपिएफका अनिता राईले निर्धारित दूरी एक घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिन् भने आर्मीकी हेमा चौधरीले निर्धारित दूरी एक घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भइन् ।

थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् ।  कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

यसैबीच, डेंगु संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ५१ पुगेकाे छ ।  मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७  जिल्लामा फैलिएकाे छ भने  ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन् ।

बलिउडका यी सेलिब्रेटी जो पटाकाको विरोध गर्छन्

मुम्बई। भारतमा धूमधामका साथ दिपावली (दिवाली) मनाइन्छ । हरेक वर्षझैं यो वर्ष पनि धूमधामका साथ दिपावली मनाउने तयारी भइरहेको छ । मानिसहरू बजारदेखि घरमा पनि बिजुली जोडेर उज्यालो बनाइरहेका छन् । दिवालीमा अधिकांशले पटाका पनि पड्काउँछन् । बलिउडका केही सेलिब्रेटी छन्, जो पटाकादेखि टाढा हुन्छन् ।

प्रियंका चोपडा

यो सूचीमा पहिलो स्थानमा अभिनेत्री प्रियंका चोपडा पर्छिन् । उनलाई अस्थमाको समस्या छ र पटाकाबाट निस्कने धुँवाले उनलाई श्वास लिन समस्या हुन्छ । यो कुराको जानकारी उनले एक अन्तर्वार्तामा दिएकी थिइन् । तर लगत्तै उनले सिगरेट पिउँदै गरेको एक तस्बिर भाइरल भएपछि उनी ट्रोल बनेकी थिइन् ।

आलिया भट्ट

अभिनेत्री आलिया पनि पटाका विरोधी अभिनेत्रीमा पर्छिन् । उनी हरेक वर्ष दिवालीमा पटाका नपड्काउन आह्वान गर्छिन् ।

अनुष्का शर्मा

अभिनेत्री अनुष्का दीप, मिठाईका साथ दिवाली मनाउन मन पराउँछिन् । गत वर्ष जब क्रिकेटर पति विराट कोहलीले दिवालीमा पटाका नपड्काउन अपिल गरेका थिए, मानिसले क्रिकेटरसँगै अभिनेत्रीबीच विभेद छुट्याएका थिए ।

सोनम कपूर

अभिनेत्री सोनम पनि पटाका पड्काउन मन पराउँदिनन् । पटाकाले मानिससँगै जनावरलाई पनि असर गर्ने भएकाले नपड्काउन उनको अपिल आउने गर्छ ।

आमिर खान
आमिरले एक विज्ञापनमार्फत पटाका नपड्काउन अपिल गरेका थिए । यो अपिलपछि उनलाई ट्रोल बनाइएको थियो ।

अजय देवगन

अभिनेता अजय पटाका पड्काउन मन पराउदैनन् । पटाकाले वायु प्रदूषणसँगै जनावरलाई पनि असर पर्ने उनको मान्यता छ ।

नेहा धूपिया

अभिनेत्री नेहाले पर्यावरण बचाउन गत वर्ष आममानिसलाई पटका नपड्काउन अपिल गरेकी थिइन् । उनले पटाकालाई पर्यावरणसँगै बालबच्चामा पनि असर पर्ने दाबी गरेकी थिइन् ।

हर्षवर्द्धन कपूर

अभिनेता अनिल कपूरका छोरा हर्षवर्द्धनले एक ट्विटमार्फत दिवालीमा पटाका नपड्काउन अपिल गरेका थिए । तर अपिल गरेको केही समयमै ट्विट हटाएका थिए । किनकि उनका फ्यानले अनिल कपूरले पटाका पड्काउँदै गरेको तस्बिर उनको सामाजिक सञ्जाल एकाउन्टमा पठाएका थिए ।

सेयर बजार झिनो अंकले ओरालो

काठमाडौं। सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । नेप्से परिसूचको अनुसार १.३८ अंकले घटेर १ हजार ८ सय ४४ दशमलव १४ अंकको बिन्दुमा आएर रोकिएको छ । ‘क’ वर्गको सेन्सिटिभ इन्डेक्स मा ०.०९ अंकले वृद्धि भएर ३६.०५ अंकमा आएर रोकिएको छ । बिहीबार १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । बिहीबार १८३ कम्पनीको कारोबार हुँदा ९६ कम्पनीको मूल्य घट्दा ७८ कम्पनीको मूल्य वृद्धि भएको र १० कम्पनी स्थिर रहेको छ। अभियान लघुवित्त संस्थाको ३ करोड ६९ लाख ५२ हजार बढीको कारोबार भएको छ । गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार, एभरेष्ट बैंकको २ करोड ४९ लाख ५ हजारको कारोबार भएको छ ।

हाइड्रो पावरको १०.९ प्रतिशत ले बढेको छ । बिन्दवासिनी हाइड्रो पावर ४.३७ ले वृद्धि भएको छ । भने विसाल बजार कम्पनीको सेयर मूल्य ४.०४ ले वृद्धि भएको छ।

प्रधानमन्त्री देउवा पोखरामा, नवौं खेलकुद प्रतियोगिता समापन गर्ने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् ।

पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । अहिलेसम्म नेपाल आर्मी सर्वाधिक स्वर्ण जितेर पहिलो स्थानमा छ।