समाचार | Page 1693 of 5961 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८३, शुक्रबार

समाचार

पछिल्लो चौबिस घण्टामा थपिए ७४ जना कोरोना संक्रमित 

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशमा ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो । सो अवधिमा पीसीआर विधिबाट १ हजार ५३५ र एन्टीजेन विधिबाट १ हजार ९७७ जनाको कोरोना परिक्षण गरिएको थियो । बितेको चौबिस घण्टामा १६० जना कोरोना भाइरस संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६१९ रहेको छ ।

सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता 

काठमाडौं। सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता भएको छ । युवा तथा खेलकूद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र  नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम, बजेट एवम् वार्षिक विकास कार्यक्रमलाई समयमै सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित उक्त सम्झौता गरिएको स्काउटका संयोजक भण्डारीले बताए ।

खेलकुदमन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै  संयोजक भण्डारीले आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रम समयसीमा रही सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

डा. केसी काठमाडाैं जान मानेनन्, सेनाको स्काई ट्रक धनगढीमा तयारी अवस्थामा

धनगढीमा । अनसनरत डाक्टर गोविन्द केसीले थप उपचारका लागि काठमाडाैं जाने मानेका छैनन् । अनसनकाे ९औं दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काण्माडाैं लग्ने प्रयास भए पनि उनले धनगढीमै बस्ने अडान राखेकाे जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

‘उहाँको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सेती अस्पतालबाट रेफर गरिसकेका छन्,’ जोशीले भने, ‘त्यसैले केसीले काठमाडाैं जानै पर्ने हुन्छ, उहाँको टोलीसँग कुरा भइरहेको छ ।’केसीले नमानेमा बल प्रयोग गरेर भए पनि काठमाडाैं लग्न सकिने उनले संकेत गरे । ‘नागरिकको स्वास्थ्य रक्षा गर्नु राज्यको दायित्व हो,’ सूचना अधिकारी जोशीले भने, ‘डाक्टर केसीको स्वास्थ्य अवस्था अहिले जटिल बन्दै गएकाे छ, उहाँलाई काठमाडाैं लग्नुको विकल्प छैन ।’डाक्टर केसीलाई काठमाडाैं लैजान नेपाली सेनाको स्काई ट्रक धनगढीमा तयारी अवस्थामा राखिएको छ । तर, डाक्टर केसीले भने, ‘आफ्ना माग पूरा नभएसम्म धनगढीमै अनसन बस्ने अडान राखेकाे डाक्टर केसीको उपचारमा सम्लग्न सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए । ‘रक्तचाप घटेर ४० मा पुगेको छ,’ कमरले भने, ‘सुगरको मात्रा धेरै कम छ, आमाशयबाट रगत बगिरहेको छ, यस्तोमा उहाँलाई सेतीमा उपचार दिन सम्भव छैन, हामीले जतिसक्दो छिटो काठमाडाैं  लैजान सुझाव दिएका छौं ।’स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै ७ बुँदे माग राखेर २७ भदौमा धनगढीस्थित गीता सतसंगको धर्मशालाबाट डाक्टर केसीले २०औं अनसन सुरु गरेका थिए । २९ भदौमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले भने दिन ढल्कदै गरेका कारण केसीलाई भदौ लैजान समस्या हुने प्रतिक्रिया दिए ।

सेयर बजारमा ३८.८१ अंकले ओरालाे

काठमाडौं। सेयर बजारमा ३८ अंकले ओरालाे लागेकाे छ । नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ।  गत बिहीबारदेखि निरन्तर घट्न थालेको परिसूचक दिनहुँ फराकिलो अंकले घट्दो छ। मंगलबारसम्म आइपुग्दा नेप्सेले १४४ अंक गुमाइसकेको छ। कारोबार रकममा भने केही कमि देखिएकाे छ । मंगलबार एक अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरी र रिडी हाइड्रोपावरको ५/५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।  कारोबारमा आएका २३१ वटा कम्पनिमध्ये १७८ वटाको सेयर मूल्य घटेको हो । मात्र ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, २ वटाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा स्थिर छन्।

बजारको फराकिलो गिरावटका बाबजुद स्वाभिमान लघुवित्तको सेयर मूल्य ४ प्रतिशत बढेको छ। यस्तै, कालिका पावरको सेयर बिक्री गर्नेहरूको सक्रियता बाक्लो छ।

फाइनान्स, विकास बैंक र जलविद्युत अन्तर्गतका सेयरमा सृजना भएको बिक्री चापका कारण नेप्से मंगलबार पनि २ प्रतिशतभन्दा धेरै घटेको छ। लगानी उपसमूहका सेयरको आपूर्ती पनि अत्याधिक छ।

राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीसहित दर्जनाैं कार्यकर्ता एमालेमा प्रवेश 

काठमाडौं। दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही  नेकपा एमालेमा प्रवेश गरेका छन् । शाही दैलेखका स्थायी बासिन्दा हुन् ।

पार्टी कार्यालय, च्यासल, ललितपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

मुगुमा दसैँ तिहार पर्व लक्षित सुलभ पसल

मुगु। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगु गमगढीले दसैँ तिहार पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेकाे छ । पसलमा हरेक दिनजसाे भिड लाग्ने गरेकाे छ । कम्पनीले  शनिवारदेखि  गमगढी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेकाे हाे ।

तुलनात्मक रुपमा चामल सस्ताे पाइने भएपछि यहाँ लाइन लागेर चामल लिने गरेका छन् ।

राधी विद्युतकाे बुधबारदेखि हकप्रद सेयर खुल्ने

काठमाडौं । राधी विद्युत कम्पनीले बुधबार असोज ५ गतेदेखि १ः१.४७  प्रतिशत अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०।९९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । भदौ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । राधीको हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

निर्वाचन खर्च नबुझाउने अध्यक्ष र उपाध्यक्षका ४४ उम्मेदवारलाई जरिवाना

खोटाङ । समयमा निर्वाचन खर्च नबुझाउने खोटाङका गाउँपालिका अध्यक्ष र उपाध्यक्षका ४४ उम्मेदवार कारबाहीमा परेका छन् । तोकिएको समय अवधिमा निर्वाचन खर्च नबुझाएकामा जिल्लाका १० वटै स्थानीय तहका अध्यक्ष र उपाध्यक्षका निर्वाचित र पराजित उम्मेदवार निर्वाचन आयोगको कारबाहीमा परेका हुन् । आयोगले उनीहरूलाई जनही साढे तीन लाखका दरले जरिवाना तोकेको छ ।

निर्वाचन आयोगका अनुसार ऐसेलुखर्क गाउँपालिकामा एमालेबाट अध्यक्षमा निर्वाचित गीरेन्द्रबहादुर राई, माओवादी केन्द्रबाट अध्यक्षमा उठेका श्रीबहादुर राई, अध्यक्षका स्वतन्त्र उम्मेदवार सन्तवीर तामाङ, राप्रपाबाट अध्यक्षमा उठेका विष्णुकुमार निरौला, जसपाबाट अध्यक्ष उठेका सुरेश राई, कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित राजेशकुमार राजभण्डारी, एमालेबाट उपाध्यक्ष उठेकी पुष्पकला भुजेल र राप्रपाबाट उपाध्यक्ष उठेकी डोल्मा राजभण्डारीलाई जरिवाना गरेको हो । केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीबाट अध्यक्ष उठेका माइतीराज राई र कांग्रेसबाट उपाध्यक्ष उठेकी राधा गिरी जरिवानामा परेको आयोगले जनाएको छ ।

यस्तै, खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित उदिमबहादुर राई, कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित रुपेश राई, एमालेबाट अध्यक्ष उठेकी कविता राई र उपाध्यक्ष उठेका राजन बञ्जरा, जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित अरुणादेवी राई, राप्रपाबाट अध्यक्ष उठेका भक्तबहादुर खड्का, कांग्रेसबाट उपाध्यक्ष निर्वाचित खेमबहादुर खड्का, एमालेबाट अध्यक्ष उठेका शंखरबहादुर राई र एमालेबाट उपाध्यक्ष उठेकी विमला राई कारबाहीमा परेका छन् ।

आयोगले बराहपोखरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा निर्वाचित शालिकराम बञ्जरा, एकीकृत समाजवादीबाट उपाध्यक्ष निर्वाचित भुवलराज राई, एमालेबाट अध्यक्ष उठेकी गोमा मगर र एमालेबाट उपाध्यक्ष उठेका जीवनकुमार राई, साकेला गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष उठेका अर्जुनकुमार खड्का, एमालेबाट अध्यक्ष उठेका गोपीकृष्ण खड्का, माओवादी केन्द्रबाट उपाध्यक्ष निर्वाचित बिर्सिका राई, कांग्रेसबाट उपाध्यक्ष उठेकी सरिता खड्का र एमालेबाट उपाध्यक्ष उठेकी दिलकुमारी राई जरिवानामा परेका छन् ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमालेबाट अध्यक्षमा निर्वाचित लोकेन्द्र राई, एमालेबाट उपाध्यक्ष निर्वाचित अरुणा थापा, कांग्रेसबाट अध्यक्षमा उठेका नइन्द्र राई, माओवादीबाट अध्यक्ष उठेका गोपालचन्द्र राई, राप्रपाबाट अध्यक्ष उठेकी कल्पना राई, अध्यक्षका स्वतन्त्र उम्मेदवार विश्वराज राई, कांग्रेसका उपाध्यक्षका उम्मेदवार रमा कटुवाल र माओवादीबाट उपाध्यक्षमा उठेकी नैनकुमारी खत्रीलाई जरिवाना तोकिएको छ ।

रावाबेँसी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष निर्वाचित फटिककुमार श्रेष्ठ, एमालेबाट अध्यक्ष उठेका हरिकुमार पोखरेल, जसपाबाट अध्यक्ष उठेका मोहन गुरुङ, राप्रपाबाट अध्यक्ष उठेका भक्तबहादुर गुरुङ, एमालेबाट उपाध्यक्ष निर्वाचित कौशिलाकुमारी गुरुङ, माओवादीबाट अध्यक्ष उठेका लिलानारायण श्रेष्ठ, जसपाबाट उपाध्यक्ष उठेकी झुमा नेपाल र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष उठेका विनोद राईले जरिवाना तिर्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

डा,केसीको आमाशयमा रक्तश्राव, जबर्जस्ती काठमाडौं ल्याउने तयारी

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ ।

अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौंबाट जसरी भए पनि डा। केसीलाई पठाउन निर्देशन आइसकेको छ । यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उनको भनाइ छ ।

यस्तो छ डा। केसीको स्वास्थ्य अवस्था
डा। केसीको उपचारमा संलग्न डा। शेरबहादुर कमरका अनुसार उनको सुगर लेवल घटेर ४० पुगेको छ । यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ । अर्का डा। सुबेधराज कायस्थले उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको बताएका छन् ।

चिउरीवासीकाे आफूभन्दा जेठाे पानी संकट टरेपछि…

सुर्खेत। जाजरकोट नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराले थाहा पाएदेखिनै खानेपानी संकट भोग्दै आएकी  छिन् । उनले एक गाग्री पानीका लागि कयाैं पटक दिन बिताएकी छिन् । निन्द्रा बिगारेकी छिन् । अब धनकलाले पानीका लागि न त दिन माया मार्नु पर्छ न निन्द्रा नै बिगार्नु पर्छ । घर आँगनमै पानी आएपछि नलगाड चिउरीका बासिन्दाले राहातकाे सास लिएका छन् । नहकुलीको पहाडमा रहेको मुहानबाट धनकलाको आँगनमै पानी ल्याएर धारा निर्माण भएकाे छ । अब धनकलाकाे घरमा चौबिसै घण्टा निरन्तर पानी आउँछ ।धनकला आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दु:ख र संर्घषका दिन सम्झिन्छिन्। ‘साना छोराछोरीलाई डोकाले छोपेर यहाँका मानिस पिउने पानी ल्याउन निकै टाढा जानुपर्थ्यो ’ उनी भन्छिन्, ‘फर्केर आउँदा बच्चा रोईकराई गरेर निद्रामा परिसकेका हुन्थे ।’  धनकला जस्तै ५१ वर्षीय रमिता विक पनि आँगनमै पानी आएपछि दंग छिन्। ‘आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि  मात्र पानी घरआँगनमै पायौँ’, उनी भन्छिन्, ‘पानी नहुँदा हाम्रा छोरीबुहारीले कति दु:ख पाए।’ करिब एक सय ४० घरधुरी दलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा निकै टाढाकाे दूरी पार गरी डोकोमा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता थियो । सबै मानिस पानी ल्याउन निस्कने समय एउटै हुँदा निकै बेर कुर्नु पर्ने अवस्था थियाे । नलगाड नगरपालिका –१ र २ का ६ सय ५० घरधुरीमा एकै पटक घरघरमा खानेपानीको धारा पुगेपछि पानीका दुःख हटेको छ। कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालय र स्थानीयवासीको करिब साढे ४ करोड श्रमदानबाट खानेपानी  आयाेजना निर्माण भएकाे हाे ।  ०७४ सालमा निर्माण सुरु गरिएको नहकुली खानेपानी आयोजना पाँच वर्षमा पूरा भएको छ । १४ किलोमिटर ढाटाको दूरीबाट ल्याएको पानीबाट आधा दर्जन गाउँमा चौबिसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समिति अध्यक्ष टंकबहादुर घर्तीले जानकारी दिए। उनका अनुसार आधा दर्जन पानीका मुहानबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराएइको हो ।

एक सय ५१ वटा ठुला ,साना ट्यांकी निर्माण गरी घर, घरमा पानी ल्याएको अध्यक्ष घर्तीले जानकारी दिए। चिउरीको दलित बस्ती, गढी, छेप्का, बैरीताल चिसापानी, अनाहपानी, माफगाउँ र स्यालचौर लगायतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ।

 

राप्रपा नेपाल आवद्ध प्रवासी समिति दुवईको अध्यक्षमा लम्साल 

काठमाडौं । राप्रपा नेपालको  प्रवास विभागले संगठन विस्तारलाई अगाडि बढाएको छ । यही क्रममा दुवईमा आयोजित कार्यक्रममा प्रवासी नेपाल एकता समाजको संगठन गरिएको प्रवास विभागका सदस्य नारायणप्रसाद पोखरेलले जानकारी दिए । जसअन्तर्गत भेलाबाट प्रवासी नेपाली एकता समाज दुवईको अध्यक्षमा विष्णु लम्साल चयन भएका छन् । यस्तै समाजको वरिष्ठ उपाध्यक्षद्वयमा विधान तामाङ र मानबहादुर सिलवाल, महासचिवमा केशवराज बस्याल, सचिवमा मिलन अधिकारी, कोषाध्यक्षमा फणिन्द्र काफ्ले र सह–कोषाध्यक्षमा विष्णुप्रसाद सिलवाल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा मनोज तामाङ, इजरायल खान, नरेश बस्नेत, मानबहादुर रेश्मी मगर, आश्विन बस्याल, अर्जुन श्रेष्ठ, मिलन तामाङ, नरेश मण्डल, लक्ष्मण अर्याल, एजाज खान, सञ्जय जयसवाल, प्रेम मगर, सैदुर रहमान, अतिकुर रहमान र घिसु माली रहेका छन् । वरिष्ठ सल्लाहकारमा सुरेन्द्रराज आचार्य र टीकाराम सुवेदी छन् ।

डेंगु रोगबारे बिरामी र कुरुवालाई अस्पतालमै अभिमुखीकरण

लमजुङ। जिल्ला अस्पताल लमजुङमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण गरिएको  छ ।  जिल्लामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि अस्पतालमपा भर्न भएर बसेका बिरामी र बिरामी कुरुवालाई सचेतना जगाउने, उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।

जिल्ला अस्पतलाका डा. मनोज यादव र जिल्ला अस्पताल लमजुङका सामाजिक सेवा विभाग प्रमुख शोभा ठकुरीले डेंगु रोगबाट कसरी बच्न सकिन्छ, बच्नका लागि घरवरपर पानी जम्ने ठाँउको सरसफाई गर्नू पर्ने, लामखुट्टेको अण्डा र लार्भा नष्ट कसरी गर्ने लगायतबारे जानकारी गराएका थिए ।

डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान 

खोटाङ । डेंगु नियन्त्रणका लागि खोटाङको दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । दिनानुदिन नगरपालिकामा डेंगुका बिरामी देखापर्न थालेपछि नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको हो । स्वास्थ्य कार्यालयको समन्वयमा नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार दिक्तेलबजारमा  र्‍यालीसहित होटल तथा पसलका भाँडाकुँडा र खाल्डाखुल्डीमा जमेको पानी पोखाएको छ । जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कंदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताए ।१५ वडा रहेको नगरपालिकामा हालसम्म कम्तिमा १८ जनालाई डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगु नियन्त्रणका लागि क्रमशः संक्रमितकै घरमा पुगेर घर वरपर खुला ठाउँमा जमेको पानी र डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने जनस्वास्थ्य निरीक्षक आचार्यले बताए ।

गत भदौ १४ गते यता जिल्लामा डेंगुका बिरामी देखिन थालेको हो । हालसम्म १५ पुरुष र १० महिलालाई डेंगु पुष्टि भइसकेको जिल्ला अस्पतालले जनाएको छ । एकैदिन तीन/चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन् । डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्ने लगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा. नितु लामाले बताइन् ।

सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रबन्ध मिलाइएको छ । शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको छ ।

माइतीघरमा नागरिकताविहीनको धर्ना

काठमाडौं। नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्नामा बसेको छ । नागरिकता विधेयक २०७९लाई तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने एक बुँदे माग राखेर समितिआवद्ध व्यक्तिहरुले धर्ना दिएका हुन् । ‘बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानरर प्लेकार्डसहित समितिले धर्ना दिएको छ ।

संघीय संसदका दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक प्रमाणीकारणका लागि गत २० भदौमा राष्ट्रपति कार्यालय पठाइएको छ । तर, हालसम्म उक्त विधेयक प्रमाणीकरण गरिएको छैन ।

यसअघि उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित संसदमा फिर्ता पठाएकी थिइन् । पुनः संघीय संसदका दुवै सदनले पारित गरेर दुई साताअघि प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालय पठाएकको छ ।

धावक कार्की ललितपुरदेखि जनकपुरसम्म दौड्दै

काठमाडौं । धावक रामसुन्दर कार्की ललितपुरकाे गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौडने भएका छन् । १० मंसिरमा कार्कीले दौड यात्रा गोदावरी नगरपालिका–१ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्नेछन् । १२ मंसिरमा जनकपुर पुग्नेछन् ।

विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा दौडिसकेका कार्की यसपटक आफैले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले दौड्न लागेको कार्कीले जनाएका छन् ।

बाँस्केटबल टोलीको बिदाइ

काठमाडौं । माल्दिभ्समा हुने साबा महिला बाँस्केटबल च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् ।

प्रतियोगिता २४ देखि ३० सेप्टेम्बरसम्म हुनेछ । खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोली सेप्टेम्बर २३ तारिख माल्दिभ्स जाने छ ।