समाचार | Page 294 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

समाचार

सरकारी प्रतिष्ठानलाई व्यवस्थापन गर्न निजीकरण विधेयक आवश्यक, अर्थमन्त्री पौडेल

 

२०८१,११,२८

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको स्वामित्वमा रहेका सार्वजनिक प्रतिष्ठानहरूमा भएको लगानी व्यवस्थापन गरी प्रभावकारी बनाउन निजीकरण विधेयक आवश्यक परेको बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा ‘निजीकरण ९पहिलो संशोधन० विधेयक २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूको विरोधको सूचना राखेपछि बोल्दै उनले यस्तो बताएका हुन्। उनले सांसदहरूले विधेयकको नामकरणमा समेत विरोध गरेको भन्दै आपत्ति जनाए। उनले सरकारी लगानी निजीकरण गरिएको भनिएको ठाउँमा सरकारी लगानी व्यवस्थापनभन्दा पुँजीवाद हुन्छ ? भन्दै प्रश्न गरेका छन।

विधेयकले ऐनको रुप लिएपछि रुग्ण र बन्द रहेका सरकारी सार्वजनिक प्रतिष्ठानहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने बताएका छन।

कर्तव्य ज्यान मुद्दाका दुईजना फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ

प्रहरीले ३७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको महाशिला गाउँपालिका–५ का ६२ वर्षीय तेजबहादुर गुरुङ र ५७ वर्षीय गम्भीर गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले उनीहरूलाई ललितपुर र भैरहवाबाट पक्राउ गरिएको जानकारी दिए ।प्रहरीका अनुसार, ०४४ फागुन ७ गते तेजबहादुर र गम्भीरसहित सात जनाको समूहले चक्कु प्रहार गरेर दुई जनाको हत्या गरेको थियो ।

०५८ असार १३ गते पर्वत जिल्ला अदालतले सबै प्रतिवादीलाई जनही १० वर्ष कैद सजाय सुनाएको थियो । सजाय सुनाएपछि तेजबहादुर र गम्भीर फरार थिए ।उनीहरूलाई पक्राउ गरेर प्रहरीले पर्वत कारागार चलान गरेको छ ।

पाकिस्तानमा रेल अपहरणमा परेका एक सय चार जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए

फागुन २८ बुधबार ।
पाकिस्तानको बलुचिस्तान प्रान्तबाट हिजो अपहरणमा परेका रेलका एक सय चार जना यात्रुको उद्धार गरिएको छ ।हतियारधारी समूहले चार सय ५० जनाभन्दा धेरै यात्रु रहेको रेलका एक सय भन्दा धेरैलाई अपहरण गरी बन्धक बनाएका थिए।यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी बीएलएले लिएको बीबीसीले जनाएको छ ।

क्वेटा शहरबाट पेशावरका लागि छुटेको जाफर एक्सप्रेसको रेलका यात्रीलाई हतियारधारी समूहले अपहरण गरेका थिए ।अपहरणको सूचनालगत्तै सुरक्षा टोली उद्धारका लागि खटिएको थियो ।

त्यसक्रममा अपहरणमा संलग्न १६ जना मारिएका छन् ।क्वेटाका वरिष्ठ रेलवे सरकारी अधिकारी मुहम्मद काशिफका अनुसार महिला र बालबालिकासमेत अपहरणमा परेका थिए ।

यसअघि नोभेम्बरमा, बीएलएले क्वेटाको मुख्य रेलवे स्टेशनमा भएको बम विस्फोटको जिम्मेवारी लिएको थियो । जसमा १४ सैनिकसहित २६ जनाको ज्यान गएको थियो ।

१० निर्माण कम्पनी कालोसूचीमा

फागुन २८ बुधबार ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।कार्यालयले आज सार्वजनिक सूचना निकालेर दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो ।

गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्राली काठमाण्डौ डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।त्यस्तै सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा, अशोक गैरे नेतृवको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्राली काठमाण्डौ, जी।एस। निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

जी.एस. निर्माण संसार कम्पनीका मुख्य व्यक्ति गोपालप्रसाद दाहाल र कमन कन्स्ट्रक्सनका मुख्य व्यक्ति कमानसिंह लामा हुन् ।त्यसैगरी भिमबहादुर सावद नेतृत्वको राजेन्द्र निर्माण सेवा, रविन कुमार जोशी नेतृत्वको रफिना एण्ड कन्स्ट्रक्सन र सुरेश कुमार सिलवाल नेतृत्वको राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

जिम्मा लिएको काम सन्तोषजनक नभएका निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राख्ने गर्छ ।कालोसूचीमा परेको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने प्रावधान छ ।

 

एमाले पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक

 

२०८१,११,२८

आन्दोलनरत शिक्षकहरुले आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिने भएको छन्। दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। भोलि फागुपूर्णिमाका दिन धर्नाका कार्यक्रम राखिएको छैन।

पर्सी ९आइतबार० भने नेकपा ९माओवादी केन्द्र० को केन्द्रीय पार्टी कार्यालय पेरिसडाडामा धर्नाको कार्यक्रम तय भएको अध्यक्ष सुवेदीले जानकारी दिए। विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै महासंघले हिजो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो।

विधेयक पारितका लागि चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना र सांसदहरूसँग भेट गरि महासंघले दबाव दिने कार्यक्रम तय भएको छ। चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ।

देशका केही ठाउँमा हल्का हिमपात र छिटपुट वर्षाको सम्भावना

 

२०८१,११,२८
पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभावका कारण अहिले कोशी प्रदेशलगायत देशका पहाडी भागको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । देशका अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही केही ठाउँमा खण्डित र मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्ने सम्भावना छ ।

यस्तै बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र मेघगर्जन, चट्याङसहित छिटपुट पानी पर्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिममा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच गएको चौबिस घण्टामा बाजुरा, मुगु, कास्की, लमजुङ, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, इलामलगायतका जिल्लामा छिटपुटदेखि हल्का वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

काँग्रेस केन्द्रिय कार्यालमा शिक्षकहरुको धर्ना

फागुन २७,  मंगलबार

काठमाडौँ,

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरुले नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।मंगलवार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरुले धर्ना दिएका हुन् । उनीहरुले पार्टी केन्द्रिय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन् । राजनीतिक दलहरुका केन्द्रिय कार्यालयमा धर्ना दिने कार्यक्रमअन्तर्गत मंगलवार काँग्रेस केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डो¥याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे । देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे ।

प्रचण्डलाई राप्रपाको चेतावनीः भविष्यमा सदनमा नपस्ने व्यवस्था जनताले गर्छन् भन्ने हेक्का होस्

फागुन २७,  मंगलबार

काठमाडौँ,

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सदन राजाको नामले तरंगित हुनु खुशीको कुरा भएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरु राखेको भन्दै आपत्ति जनाउनु भयो । भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्नसक्नेकुराको हेक्का राख्न चेतावनी दिनुभयो । उहाँले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्नेकुरा नरहेको उल्लेख गर्नुभयो । अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले आफूहरुले राम्रोसँग संविधान अध्ययन गरेको पनि बताउनु भयो । उहाँले राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी व्यवहार जारी रहने बताउनु भयो । अश्ररुको बुइ चढेर आएको पार्टीले देशको हित गर्न नसक्ने बताउनु भयो ।

लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, राजनीतिक प्रणालीलाई समृद्ध बनाऔँः सांसद बिष्ट

फागुन २७,  मंगलबार

काठमाडौँ,

नेकपा (एमाले)का सांसद गोकर्ण बिष्टले लोकतन्त्रको विकल्प प्रतिगमन र राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलवारको बैठटकमा बोल्दै सांसद विष्टले यस्तो बताउनुभएको हो । लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र मात्र हुनसक्ने उहाँको भनाइ छ । उहाँले नेपाली राजनीतिमा समेत सुधारको आवश्यकता रहेको बताउनु भयो । उहाँले एउटा बोल्ने अर्को गर्ने प्रवृत्तिलाई सुधार्न सकिएमात्र समृद्ध राजनीतिलाई समृद्ध बनाउन सकिने बताउनु भयो । उहाँले योग्यताअनुसारको काम र कामअनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सकेमात्र नेपाली राजनीतिमा आशा जगाउन सकिने बताउनु भयो । उहाँले वर्तमान सरकार गठन भएयता मुलुकमा सकारात्मक परिवर्तनहरु देखा परेको उहाँको दाबी छ ।

जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन, असन्तुष्ट पक्षसँग संवाद गरौंः महामन्त्री थापा

फागुन २७,  मंगलबार

काठमाडौँ,

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको आक्रोशलाई नजरअन्दज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताउनुभएको छ ।प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको समेत खण्डन गर्नुभयो । उहाँले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गर्नुभयो । उहाँले व्यवस्थाको सुदृढिकरणका लागि संविधानका पक्षधरहरुबीच समझदारी हुन आवश्यक रहेको समेत बताउनु भयो ।

शेयर बजार लगातार सातौं दिन घट्यो, विकास बैंकबाहेक सबै समूहको शेयर ओरालो लाग्यो

२०८१,११,२७

शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव २१ अङ्कले घटेर २ हजार ७ सय १९ दशमलव २० विन्दुमा झरेको छ । शेयर बजार लगातार सातौं कारोबार दिन घटेको हो । आज विकास बैंकबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन समूहको शेयर साढे २ प्रतिशतले ओरालो लागेको छ । यस्तै फाइनान्स, जलविद्युत्, लगानी, अन्य, व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ । बजार उच्च अङ्कले घटेको दिन महालक्ष्मी विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । आज बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । हिजो ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३ सय ३ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ८ अर्ब ३९ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रचण्डको आरोप,आज सत्ताको ड्राइभिङ सिटमा बिचौलिया छन्

२०८१,११,२७

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको सरकार बिचौलियाहरूले हाँकिरहेको आरोप लगाएका छन् अहिले सत्ताको ड्राइभिङ सिटमै बिचौलियाहरू बसेको उनको जिकिर छ। मंगलबार संसद्मा सम्बोधन गर्दै प्रचण्डले पछिल्लो ८ महिनामा सरकारले कुनै पनि निर्णय र नियुक्ति आफैले नगरेको आरोप लगाउँदै भए आफूलाई मात्रै एउटा आफूलाई देखाउन चुनौती दिएका छन ।

प्रचण्डको अभिव्यक्तिलाई सत्तारुढ कांग्रेसले गर्‍यो सराहना

२०८१,११,२७

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दिएको अभिव्यक्तिलाई सत्तारुढ नेपाली कांग्रेसले सराहना गरेको छ। प्रचण्डले राखेको अभिव्यक्तिलाई कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले पार्टीको तर्फबाट समर्थन गरेका हुन्। संसद्मा प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रबारे राखेका धारणाको समर्थन गरेका हुन्। साथै उनले व्यवस्था जोगाउन र थप सुदृढ गर्दै जाने कांग्रेसको पोजिशन पनि स्पष्ट पारेका हुुन।

प्रचण्डले अहिलेको सरकारका कारण जनतामा असन्तुष्टि पैदा भएको भनेर दिएको अभिव्यक्तिमा भने थापाले असन्तुष्टि जनाएका छन्।

४६.५ प्रतिशतले निर्यात वृद्धि

फाल्गुण २७,  मंगलबार

काठमाडौँ,

कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को सात महिनाको तथ्यांकअनुसार निर्यात उल्लेख्य बढेको हो । यो अवधिमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९ प्रतिशत, ८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड, चिया, अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल जिंक शिट, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
यता, आयाततर्फ भने आर्थिक वर्ष २०८१÷८२ को सात महिनामा कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.३ प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ११.२ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स, खाने तेल, स्पञ्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपूर्जा, केराउ, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८१÷८२ को सात महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.९ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो । समिक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०३ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब १८ करोड रुपैयाँ बराबरको भएको थियो ।

सरकारको व्यवहारले संवैधानिक आयोगहरु अनावश्यक रहेको देखाउँछः डा रामकृष्ण तिमिल्सिना

फाल्गुण २७,  मंगलबार

संसदकै कारण पनि आयोगहरु निष्क्रिय र निष्प्रभावी भएः रामनारायण बिडारी 
संवैधानिक आयोगहरु समेत राजनीतिक नेतृत्वको आफन्त भर्ती केन्द्र भए– काशीराज दाहाल
नेपालको संविधान २०७२ ले तेह्र वटा संवैधानिक आयोगहरु रहने व्यवस्था गरेको छ । ति मध्ये सात वटा आयोगहरुको दश वर्ष अवधि पूरा भएपछि संघीय संसदले पुनरावलोकन गर्नसक्ने व्यवस्था संविधानमा छ । संविधानको भाग २७ मा राष्ट्रिय महिला आयोग, दलित आयोग, आदिवासी जनजाति, राष्ट्रिय समावेशी, मधेसी, थारु र मुस्लिम आयोगको व्यवस्था गरी तिनका काम कर्तव्य र अधिकार क्षेत्र समेत उल्लेख गरिएको छ । संविधान जारी भएको दश वर्ष पुग्नै लाग्दा संसदले समेत आयोगहरुको पुनरावलोकन शुरु गरेको छ । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आयोगहरुको पुनरावलोकनको औपचारिक प्रक्रिया शुरु गरेको छ । सोमवार (हिजो) बैठकमा विज्ञहरु बोलाएर आयोगबारे छलफल गरेको छ । बैठकमा बोल्दै विज्ञहरुले संवैधानिक आयोगहरुले आफ्नो औचित्य पुष्टि गर्न नसकेको धारणा राखेका छन् ।

उनीहरुले राज्यको उपेक्षामा परेका समुदायलाई राज्यको मुल प्रवाहमा सहभागिता बढाउनका लागि स्थापना गरिएका आयोगहरु पछिल्लो समय सरकारलाई नै अनावश्यक लाग्न थालेको धारणा राखेका हुन् । राष्ट्रिय समावेशी आयोगका पूर्वअध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले  सरकारले संवैधानिक आयोगहरुलाई हेर्न दृष्टिकोण नै नकारात्मक रहेको बताउनु भयो । सरकारलाई नै संवैधानिक आयोगहरु अनावश्यक लाग्न थालेको उहाँको भनाइ छ । आयोगहरुको पुनरावलोकन राष्ट्रिय आवश्यकता र आयोगहरुको औचित्यका हिसावले गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा समावेशीतालाई थप बलियो बनाउन आयोगहरुको स्थापना गरिएको भएपनि आयोगहरुले गरिरहेको कामको मूल्याङ्कन जरुरी रहेको बताउनु भयो ।

उहाँले आयोगका पदाधिकारी नियुक्ति गर्दा अध्यक्ष बाहेकका पदाधिकारीको योग्यता नतोक्दा समेत आयोगको गरिमा कमजोर भएको बताउनु भयो ।बैठकमा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संसदकै कमजोरीको कारण आयोगहरुले प्रभावकारी काम गर्न नसकेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले आफूले भनेको टेर्नेलाई मात्र पदाधिकारी राख्दा आयोगहरु समस्याग्रस्त रहेको बताउनु भयो । बिडारीले राजनीतिक दलबाट आयोगमा गइसकेपछि पदाधिकारी निष्पक्ष हुन नसकेको आरोप लगाउनु भयो । उहाँले संसदले संवैधानिक आयोगहरुको अनुगमन गर्नसक्ने अधिकार दिएको भएपनि संसदले त्यस्तो गर्न नसकेको जिकिर गर्नुभयो । जनताको प्रतिनिधिलाई संसदले विज्ञ उपलब्ध नगराउँदा आयोगहरुसँग सांसदहरु डराउँदै हिँड्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

कानूनविद् काशीराज दाहालले संवैधानिक आयोगमार्फत राज्य निकायमा ल्याउन खोजिएको वर्ग आउन नसकेको बताउनु भयो । संवैधानिक आयोगहरु समेत राजनीतिक नेतृत्वको आफन्त भर्ती  केन्द्र भएको बताउनु भयो । उहाँले आयोगहरुको वर्गिकरण गरेर पुनः परिभाषित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले मुलुकमा समावेशीकरणको अभ्यास गर्नको लागि आयोगहरु स्थापना गर्ने ढंग नै नपुगेको बताउनु भयो । बैठकमा समितिले आयोगहरुको औचित्य र आवश्यकताका सन्दर्भमा विज्ञहरुसँग छलफल गर्दै सुझाव लिएको हो । संवैधानिक व्यवस्थाअनुसार आयोगहरुको पुनरावलोकनमा संसदीय समिति जुटेको बताइएको छ ।

माग सम्बोधन नभए शिक्षकहरुले चैत २० देखि सडक आन्दोलन गर्ने

फागुन २६ सोमबार ।
नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो।

महासङ्घले आन्दोलनको क्रममा सडकदेखि दलका कार्यालय घेराउ गर्नेसम्मका कार्यक्रमहरू अघि सारेका छन्।