समाचार | Page 250 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

‘पिपल चौतारी गजल साँझ’ मा ३० स्रष्टाद्वारा गजल वाचन

काठमाडाैं । साउथवेस्टन साहित्य समाजद्वारा आयोजित पिपल चौतारी गजल साँझमा ३० जना स्रष्टाहरुले आ–आफ्ना गजल वाचन गरेका छन्। गत जेठ २३ गते बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजमा आयोजित चौतारी गजल साँझमा गजलकारहरुले आफ्ना सिर्जना वाचन गरेका हुन्।

गजल साँझमा विशिष्ठ गजलकारहरु धमेन्द्र ओझा, ललिजन रावल, सन्तोष श्रेष्ठ तथा विदुर तिमल्सिना, विमला दाहाल, सिद्धनारायण आचार्य, देविरमण तिवारी, सङ्गिता थापा, रसिक, विपिन मर्म, देवेन्द्र केसी, दिपेश घिमिरे, अर्जुन अन्योल, सुनिल अधिकारी, भुवन निस्तेज, सुशिला धमला, गणेश खतिवडा, एनबि जनकपुरे, टेकनाथ कोइराला, डा. विष्णु न्यौपाने, गणेश महरा, उदास कार्की, रेणुका भण्डारी लगायतका गजलकारहरूले रचना वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रामबहादुर पहाडीले गजलमा सङ्गीत, स्वर र शब्द हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि शिक्षासेवी एवं साउथवेस्टन स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसीले पिपल चौतारी सबैको साझा चौतारी भएको बताउनुभयो ।

गजलकार धर्मेन्द्र ओझाले गजल साहित्यबारे चर्चा गर्नुभएको थियो । गजलमा हाँस्य विधा हुन नहुने भन्दै उहाँले गजलमा संवेदना, हार्दिकता र कोमता हुनुपर्नेमा बताउनुभयो ।

यसैगरी, वरिष्ठ गजलकार ललिजन रावलले प्रणय र प्रेम मात्रै गजल नभइ गजलमा जीवनका विभिन्न पाटा समेटिनु पर्ने बताउनुभयो । सङ्गीतकार सन्तोष श्रेष्ठले लेखनाथ पौड्यालको ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी…’ बोलको गजल वाचन गर्नुभएको थियो ।

साउथवेस्टन साहित्य समाजका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षता सम्पन्न कार्यक्रममा रेणुका भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गजलकार एच के लामिछानेले गर्नुभएको थियो ।

साउथवेस्टन साहित्य समाजले प्रत्येक वर्ष पिपल चौतारी गजल साँझको आयोजना गर्दै आइरहेको छ ।

 

सरकारले दल र कार्यकर्ता पोस्ने गरी बजेट विनियोजन गर्याे : सांसद बस्नेत

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले राजनीतिक दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद बस्नेतले सबै मन्त्रालयहरूको बजेट विनियोजनको प्रकृति र अवस्थालाई हेर्दा आवधिक योजना र संवैधानिक व्यवस्थाहरूलाई आधार नबनाइएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सरकारले राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेबारीवोध नगरी बजेट ल्याएको बताउनुभयो ।

उहाँले सबै दृष्टिकोणले बजेट विनियोजन र आ–आफ्ना निर्वाचन क्षेत्रहरूलाई सुरक्षित गर्ने यो उद्देश्यद्वारा प्रेरित भएको आरोप लगाउनुभयो ।

सांसद बस्नेतले वैकल्पिक सहायक राजमार्गदेखि कोरिडोरको विषयहरूमा समेत बजेटको जथाभाबी विनियोजन भएको बताउनुभयो । उहाँले बजेटको जथाभावी विनियोजन र सरकारको स्वेच्छाचारी व्यवहारको कारण विरोधस्वरुप विरोधको प्रस्ताव दर्ता गरेको समेत बताउनुभयो ।

सरकारले संसदलाई हेपेकाे सांसद पाण्डेकाे आरोप

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएसँगै उहाँले सरकारले सदनलाई हेपेको आरोप लगाउनुभएको हो ।

उहाँले कार्यसूची आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सदनमा आन्दोलन भएको लामो समय भएपनि सरकार बेखबर रहेको बताउनुभयो । उहाँले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

सांसद पाण्डेले बजेटको कितव नआउँदा खर्च कटौतिको प्रस्ताव दिन नपाएको गुनासो गर्नुभयो ।

रास्वपाद्वारा संसद बैठक बहिस्कार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै उनीहरुले बैठक नै बहिस्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले कार्यसूचीलाई अगाडि बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएपछि रास्वपा र राप्रपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् ।

सभामुखले कार्यसूची अगाडी बढाएपछि उनीहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।

संघसँग बाझिने गरी प्रदेश र स्थानीय तहले कानून बनाउँ सक्दैन : सांसद सिटाैला

काठमाडाैं । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले स्थानीय तह सरकार होइन भन्ने मानसिकताबाट अघि बढ्न नहुने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै  उहाँले संविधानले तीन तहको सरकारको परिकल्पना गरेको र जसमा संघ, प्रदेश र स्थानीय तह रहेको बताउनुभएकाे हाे।

सांसद सिटाैलाले कार्यपालिका र व्यवस्थापिका तीन तहकै सरकारमा रहेको बताउनुभयो । उहाँले संघीय कार्यपालिका, संघीय व्यवस्थापिका, प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, स्थानीय कार्यपालिका, स्थानीय व्यवस्थापिका भनेर संविधानमा लेखिसकेको बताउनुभयो ।

संघलाई बाझिने गरी प्रदेशले कानून बनाउन नसक्ने र प्रदेशसँग बाझिने गरी स्थानीय सरकारले कानून बनाउन नसक्ने जिकिर गर्नुभयो । संविधानअनुकुल नै कानून निर्माण गर्दै जानुपर्ने बताउनुभयो । समितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल जारी छ ।

 

दुई अर्ब लगानीमा फ्रेन्च फ्राइ उद्योग फर्स्ट च्वाइस फुड सञ्चालनमा

काठमाडाैं । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फस्र्ट च्वाईस फुड सञ्चालनमा आएको छ । गुल्मीको मदाने गाउँपालिका-६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् ।

काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फस्र्ट च्वाईस फुडको उत्पादन सार्वजनिक गर्नुभयो । आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताउनुभयो ।

अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको सञ्चालक पौडेलले जानकारी दिनुभयो । ५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ ।

त्यसैले, १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले बताउनुभयो । उहाँका अनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन् ।

अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको बताउनु भयो । नेपाललाई फ्रेन्च फ्राइजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताउनुभयो । यसले कृषिको व्यवसायिककरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिले भारतमा उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी दिए ।

उद्योगका अहिले काठमाडौं, धरान, काठमाडौं, नेपालगञ्ज र दाङ गरी पाँच ठाउँमा डिलर छन् भने देशभर चार सय वटा रेष्टुरेष्ट पनि छन् । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निष्ठा र मेहनतका साथ काम गरेको खण्डमा जो कोहीले पनि चमत्कार गर्नसक्ने जिकिर गर्नुभयो । विदेशबाट खालि हात स्वदेश फर्किनुभएका कृष्ण पौडेलको जीवन्त उदाहरण हेर्दा यसबारे स्पष्ट हुने उहाँको भनाइ छ । आलुको आयात प्रतिष्ठापन गरेर स्वदेशमा रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सांसद बासुदेव घिमिरेले बीउ वृद्धिका कार्यक्रमहरुमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आलुको बीउ वृद्धि कार्यक्रमलाई सरकारले पूर्ण रुपमा सहयोग गरेमात्रै उत्पादन फस्टाउने र किसानलाई सहयोग हुने बताउनुभयो ।

उहाँले समयमै नेपाली उद्योगलाई प्रवद्र्धन गर्न सरकारको तर्फबाट भरपुर सहयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

ग्वार्काे चाेककाे फ्लाइ ओभर आजदेखि सञ्चालनमा आउने

काठमाडाैं । उपत्यकाको निकै व्यस्त सडक मध्ये ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभरमा आजदेखि सञ्चालनमा आउँदै छ । पटक–पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्दै हुनुहुन्छ ।

फ्लाई ओभर बन्ने क्रममा ३९ महिनादेखि सास्ती खेपेका नागरिक अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने विश्वासमा छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले दुई वर्षभित्र काम सक्ने गरी ०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेर २ वर्षमा सक्ने भनिए पनि पटक-पटक म्याद थपेर अहिले ‘फ्लाई ओभर’ तयार भएको हो ।

पटक–पटक म्याद थप गर्दा पनि काम पुरा नभएपछि अहिलेसम्मको झन्डै एक करोड ४७ लाख रुपैयाँ हर्जना तिराएर निर्माण सम्पन्न गरिएको हो । समयमा काम पुरा हुन नसक्दा शुरूको सम्झौताभन्दा १४ करोड रुपैयाँ लागत थप भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय गाडीको बढ्दो चापसँगै उपत्यकाका विभिन्न चोकमा बढ्दै गरेको जामको समस्या यस्ता फ्लाई ओभरबाट कम हुने विश्वास गरेको छ । उपत्यकालगायतका अन्य शहरका मुख्य चोकमा पनि यस्ता ओरपास र अन्डरपासको योजना बनाउन आवश्यक रहेको ट्राफिक प्रहरीको सुझाव छ ।

देश समृद्धिकाे बाटाेमा अघि बढ्दैछ : पर्यटनमन्त्री

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश अहिले समृद्धिको बाटोतर्फ लम्किरहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश बिग्रिएको नभइ जुरुक्कै उठेको बताउनुभएकाे हाे।

भूकम्पमा ढलेका संरचना बनेका, कोभिडका कारण शिथिल भएको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनुभयो । नेपाल कुनै भोकमरी, गृहयुद्धमा नरहेको र समृद्धिको बाटोमा अग्रसर रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले देश आफैले बनाउनुपर्ने भन्दै देश बनाउने र समृद्धिको बाटोमा लैजाने काम आफूहरुकै भएको बताउनुभयो । देशमा भएको सम्पदा र पुँजीलाई सदुपयोग गर्नसक्ने हो भने मात्रै पनि समृद्ध राष्ट्रको रुपमा अघि बढ्न सकिने बताउनुभयो ।

मन्त्री पाण्डेले संस्कृतिको रक्षा, प्रवर्द्धन गर्न धेरै ठूलो मेहनत जरुरी रहेको बताउनुभयो ।

इरानद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, ३० जना घाइते

एजेन्सी । इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू इजरायलको एक अस्पताल र आवासीय भवनहरूमा प्रहार गरिएको छ । जसमा ३० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

चारवटा हवाई प्रतिरक्षा प्रणालीहरू थिए । तेल अभिभ महानगरीय क्षेत्र र दक्षिणी शहर बियर शेवामा लक्ष्यहरू प्रहार गरिएको थियो । हडताल हुनुभन्दा केही घण्टा अघि बिरामीहरू र कर्मचारीहरूलाई शल्यक्रिया शाखाबाट बाहिर निकालिएको थियो ।

इरानले मेडिकल सेन्टरलाई सैन्य उद्देश्यका लागि प्रयोग गरिएको दाबी गरेको छ । जुन आरोप इजरायलले अस्वीकार गरेको छ । आधिकारिक तथ्याङ्ककाअनुसार लडाई शुरु भएदेखि इरानमा लगभग ६ सय र इजरायलमा २४ जनाको मृत्यु भएको छ ।

इण्डोनेसियाको माउण्ट राउङमा ज्वालामुखी विस्फोट

एजेन्सी । इण्डोनेसियाको पूर्वी जाभा प्रान्तको बान्युवांगी रिजेन्सीको माउण्ट राउङमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । जसले गर्दा उडान शतर्कता जारी गरिएको देशको ज्वालामुखी तथा भूगर्भीय विपद् न्यूनीकरण केन्द्रले जनाएको छ ।

बिहीबार दुई पटक विस्फोट भएको थियो । जसमध्ये ठूलो जकार्ता समय बिहान ४ः४३ बजे आकाशमा खरानीको मुस्लो उडेको थियो । ज्वालामुखीको वरपर ५ हजार मिटर मुनि विमानहरूलाई उडान गर्न निषेध गरेको छ ।

समुदाय, पर्यटक र आगन्तुकहरूलाई क्रेटरको ३ किलोमिटर दायरा भित्र कुनै पनि गतिविधिमा संलग्न नहुन सल्लाह दिइएको छ ।

समुन्द्र सतहबाट ३ हजार ३ सय ३२ मिटरको उचाइमा रहेको माउन्ट राउङ इण्डोनेसियाको १२७ सक्रिय ज्वालामुखीहरू मध्ये एक हो ।

आजकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सांसदहरूकाे प्रश्नकाे जवाफ दिनुहुने

काठमाडाैं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेकाे हाे ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रत्रको जवाफ दिनु हुनेछ ।

विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुनेछ ।

डा अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ ।

सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८२ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको शिर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ ।

त्यस्तै, रेखा शर्माले विनियोजन विधेयक, २०८२ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई एक सय रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेलगायतका सम्भावित कार्यसूची रहेकाे छ ।

मनसुनजन्य विपद् : जलवायु कुटनीति र अन्तरदेशीय सूचना प्रणालीको आवश्यकता

काठमाडाैं । जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरूको आवृत्ति र तिब्रता बढाइरहेको छ । नेपाल, हिमाली र पहाडी भूभाग भएको मुलुक, मनसुनजन्य बाढी, पहिरो र अन्य प्राकृतिक विपद्हरूको उच्च जोखिममा छ । हालै भारतको केरलाबाट शुरु भएको मनसुनको दोस्रो चरण, बंगालको खाडी स्थानीय वायु प्रणालीसँग मिसिएर सक्रिय भएको छ, जसले दक्षिण भारतमा भारी वर्षा गराइरहेको छ भने आजबाट नेपालमा पनि सक्रिय भएको छ । मौसमविद् डा. धर्मराज उप्रेतीकाअनुसार यो प्रणालीले भारतको आसाम, मेघालय, नेपालका विभिन्न क्षेत्र र तिब्बतसम्म भारी वर्षा निम्त्याउने अनुमान छ । नेपालमा आगामी चार दिन मध्यमदेखि भारी वर्षाको सम्भावना छ, जसले सिन्धुपालचोक, गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशमा जोखिम बढाएको छ ।

मनसुनको अवस्था र बाढीको जोखिम
नेपालको जल तथा मौसम विज्ञान विभाग र भारत मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी तीन दिनमा सिन्धुपालचोक, गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । यो हप्ताभर मनसुन नेपालभर फैलने अनुमान छ, जसले धेरै ठाउँमा भारी वर्षा निम्त्याउन सक्छ । विशेषगरी सिन्धुपालचोकको भोटेकोशी नदी क्षेत्रमा बाढीको उच्च जोखिम छ । भारत र चीनले यो अन्तरदेशीय नदीमा बाढी आउनसक्ने चेतावनी जारी गरेपछि, सिन्धुपालचोक जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई सतर्क रहन सूचना जारी गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी, सुनकोशी, बलेफी र चौतारा साङ्गाचोकगढी नगरपालिकाका नदी किनारका बस्तीहरू बाढी र पहिरोको जोखिममा छन् । आगामी चार दिनसम्म राजमार्ग अवरुद्ध हुनसक्ने र जनजीवन प्रभावित हुने सम्भावना छ । काभ्रेपलाञ्चोक जिल्लाले पनि भुम्लु, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

चीनको तातोपानी सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमार्फत तिब्बतमा अत्याधिक वर्षाको सम्भावना रहेको सूचना नेपालको सशस्त्र प्रहरी हुँदै जिल्ला प्रशासनसम्म पुगेको हो । प्रमुख जिल्ला अधिकारी किरण थापाले यस्तो सूचना आदानप्रदान सीमा क्षेत्रमा नियमित हुने र तिब्बतको मौसमले नेपालका नदीहरूमा प्रभाव पार्नसक्ने बताए । डा. उप्रेतीकाअनुसार तिब्बतको वर्षाले नदीहरूमा बहाव बढाउन सक्छ, तर स्थानीय वर्षाले तत्काल ठूलो क्षति नगर्ने भए पनि सतर्कता अपनाउनु आवश्यक छ ।

जलवायु कूटनीति र अन्तरदेशीय सूचना प्रणाली
नेपाल, भारत, चीन र बंगलादेश साझा नदी प्रणाली र मौसमी प्रभावले जोडिएका छन् । भोटेकोशी, कोशी र गण्डकीजस्ता नदीहरू तिब्बतमा मुहान भएर नेपाल हुँदै भारत र बंगलादेशका तल्लो तटीय क्षेत्रमा बग्छन्, अन्ततः बंगालको खाडीमा मिसिन्छन् । यी नदीहरूमा हुने बाढीले चारै देशमा ठूलो जनधनको क्षति पुर्याउँछ । यस्ता जोखिम न्यूनीकरणका लागि जलवायु कूटनीतिमार्फत अन्तरदेशीय सूचना प्रणालीको विकास अपरिहार्य छ ।

डा. उप्रेतीकाअनुसार चीनले तिब्बतको मौसमसम्बन्धी सूचना समयमै साझा गर्दा तल्लो तटीय क्षेत्रमा बाढीको क्षति कम गर्न सकिन्छ । सिन्धुपालचोकको भोटेकोशी नदीमा हालै प्राप्त चिनियाँ सूचनाले यो कुरा पुष्टि गरेको छ। तिब्बतमा अत्यधिक वर्षाको सम्भावनाबारे जानकारी तातोपानी सीमामा नेपालको सशस्त्र प्रहरीमार्फत जिल्ला प्रशासनसम्म पुग्यो, जसले स्थानीय बस्तीहरूलाई सतर्क गरायो ।

दक्षिण एशियाली देशको नेतृत्व गर्दै मौसमपूर्वानुमानको बिवरण सार्वजनिक गर्ने भारतले पहिले निःशुल्क उपलब्ध गराउँदै आएको मौसम डेटा हाल सर्वसाधारणका लागि बन्द गरेको छ । जसले सूचना आदानप्रदानमा बाधा पुर्याएको छ ।

युरोपेली संघले मध्यम अवधिको मौसम पूर्वानुमान केन्द्रले २४ घण्टाको निःशुल्क डेटा प्रदान गर्छ, तर दीर्घकालीन पूर्वानुमानका लागि शुल्क लाग्छ । हिन्दकुश हिमालय क्षेत्रमा यस्तो समर्पित प्रणालीको अभाव छ ।

नेपाल र अन्य दक्षिण एशियाली देशहरूले संयुक्त रूपमा मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीमा सहकार्य गरे पनि यो पर्याप्त छैन । डा. उप्रेतीले जलवायु कूटनीतिमार्फत यी चार देशलाई जोड्ने साझा सूचना प्रणाली विकास गर्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो । यस्तो प्रणालीले जलवायु परिवर्तन र चरम मौसमी घटनाको प्रभाव न्यूनीकरणमा सहयोग गर्छ ।

“सबैका लागि पूर्वसूचना” र विश्वव्यापी प्रेरणा
संयुक्त राष्ट्रसंघको “सबैका लागि पूर्वसूचना” पहलले सन् २०२७ सम्ममा विश्वका हरेक व्यक्तिलाई प्राकृतिक विपद्सम्बन्धी पूर्वसूचना प्रणालीको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ । विश्व मौसम संगठनले यो पहललाई जोखिम पहिचान, अवलोकन, सूचना सञ्चार र समुदायको तयारीमा केन्द्रित गरेको छ । विश्व विपद् जोखिम न्युनिकरण सम्मेलन (२०२३) मा हिन्दकुश हिमालय क्षेत्रमा साझा नदी प्रणालीहरूमा बाढी र पहिरोको जोखिम कम गर्न अन्तरदेशीय सहकार्यको आवश्यकता औंल्याइयो ।

विश्वस्तरका उदाहरणहरूबाट नेपालले प्रेरणा लिनसक्छ । युरोपको डेन्युब नदी बेसिनमा जर्मनी, अस्ट्रिया र हंगेरीजस्ता देशहरूले साझा डेटा प्लेटफर्ममार्फत बाढीको जोखिम न्युनिकरण गर्छन्। अफ्रिकाको नाइजर नदी बेसिनमा नौ देशहरूले नाइजर बेसिन अथोरिटीमार्फत सूचना साझेदारी गर्छन्। हिन्दकुश हिमालय क्षेत्रमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले नेपाल, भारत, चीन र बंगलादेशबीच जलवायु डेटा साझेदारी र बाढी चेतावनी प्रणालीमा काम गरिरहेको छ । तर यो प्रयासलाई जलवायु कूटनीतिमार्फत थप बलियो बनाउन आवश्यक छ ।

जलवायु न्याय र नेपालको सान्दर्भिकता
जलवायु परिवर्तनले विश्वभर असमान प्रभाव पारिरहेको छ र नेपालजस्तो हरितगृह ग्याँस कम उत्सर्जन गर्ने मुलुकले यसको चर्को मूल्य चुकाइरहेको छ । विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.०२७% मात्र छ । तर हिमालको पग्लने क्रम, अनियमित मनसुन र बाढी–पहिरोको जोखिमले देशलाई उच्च जोखिममा राखेको छ । सिन्धुपालचोकको भोटेकोशी नदी क्षेत्रमा हालैको बाढी चेतावनीले स्थानीय समुदायलाई त्रासमा राखेको छ । यस्ता घटनाहरूले नेपालको भौगोलिक र सामाजिक–आर्थिक कमजोरीलाई उजागर गर्छ ।नेपालका हिमाली र पहाडी क्षेत्रका ग्रामीण समुदायहरू, विशेषगरी किसान र सीमान्तकृत समूहहरू, जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित छन् । बाढी र पहिरोले खेतीयोग्य जमिन, बस्ती र पूर्वाधार नष्ट गर्छ, जसले गरिबी र असुरक्षालाई झनै बढाउँछ । कोशी नदीको बाढीले नेपालको तराई, भारतको बिहार र बंगलादेशका तटीय क्षेत्रमा ठूलो क्षति पु¥याउँछ । यस्ता क्षेत्रमा बसोवास गर्ने गरिब समुदायहरू सबैभन्दा बढी प्रभावित हुन्छन्। जलवायु न्यायको अवधारणाले यस्ता समुदायहरूलाई प्राथमिकता दिँदै जोखिम न्यूनीकरण, अनुकूलन र क्षतिपूर्तिको माग गर्छ।

नेपालले सन् २०१५ को पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको वकालत गर्दै आएको छ । तर यी प्रयासलाई प्रभावकारी बनाउन क्षेत्रीय सहकार्य र स्थानीय जागरूकता आवश्यक छ । अन्तरदेशीय सूचना प्रणालीले यस्ता समुदायलाई समयमै सतर्क गराउन र सुरक्षित स्थानान्तरण गर्न सहयोग गर्छ ।

नेपालमा मनसुनजन्य बाढी र पहिरोको जोखिमले जलवायु न्याय, अन्तरदेशीय सूचना प्रणाली र “सबैका लागि पूर्वसूचना ” पहलको महत्व उजागर गरेको छ । सिन्धुपालचोकको भोटेकोशी बाढी चेतावनीले क्षेत्रीय सहकार्यको सम्भावना देखाएको छ । जलवायु कूटनीतिमार्फत नेपाल, भारत, चीन र बंगलादेशले साझा नदी प्रणालीमा हुने विपद्को जोखिम न्युनिकरण गर्न सक्छन् । डा. उप्रेतीको भनाइलाई आत्मसात गर्दै, “भोलिको जोखिमविरुद्ध आजै कदम” चाल्न आवश्यक छ । यस्ता कदमहरूले नेपाललाई जलवायु परिवर्तनको असरसँग जुध्न र दिगो भविष्य निर्माण गर्न सक्षम बनाउनेछ ।

महाकाली नदीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता रद्धको प्रक्रियामा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता रद्ध हुने प्रक्रियामा रहेको बताउनुभएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरको जवाफ दिँदै मन्त्री दाहालले ठेकेदार कम्पनीलाई एकपटक म्याद थप गर्ने मौका भएपनि कम्पनीले ठेक्का रद्दको प्रक्रियामा गएको जानकारी दिनुभएको हो ।

निर्माण व्यवसायीले ठेक्का अन्त्य गर्ने पत्र दिएकोले निर्णयपश्चात बाँकी काम र स्थायी संरचना निर्माणको काम अगाडि बढ्ने उहाँले बताउनुभयो । मन्त्री दाहालले अघिल्लो वर्षको बाढीबाट यस क्षेत्रमा भएको क्षति न्युनिकरण र अहिले आसपासका बस्तीमा हुने क्षति न्यूनीकरणका लागि नेपाली सेनाले काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णयअनुरुप हाल पुल संरचनामा क्षति हुन नदिन र बाढीले बस्तीमा पार्ने जोखिम तथा क्षति हुन नदिन नेपाली सेनाले नदीजन्य पदार्थ हटाउने काम गरिरहेको मन्त्री दाहालको भनाइ थियो ।

मन्त्री दाहालले निर्माण व्यवसायीसँगको ठेक्का अन्त्यसम्बन्धी विषयमा आवश्यक निर्णयपश्चात बाँकी रहेको काम र स्थायी संरचना निर्माण अघि बढ्ने स्पष्ट पार्नुभयो ।

 

नेप्से परिसूचक उच्च अङ्कले ओरालो, ११ अर्ब २३ करोडकाे काराेबार

काठमाडाैं । बुधबार सामान्य घटेको शेयर बजार बिहीबार भने उच्च अङ्कले ओरालो लागेको छ । साताको पाँचौ कारोबार दिन शेयर बजार परिसूचक नेप्से २४ दशमलव ७६ अङ्कले घटेर २ हजार ६ सय २८ दशमलव ९१ विन्दुमा झरेको हाे।

यसदिन सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ ।

यस्तै, विकास बैंक, जलविद्युत, उत्पादन, लघुवित्त, अन्य समूहको शेयर एक प्रतिशतभन्दा धेरैले घटेको छ । बिहीबार प्योर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ ।

बजार उच्च अङ्कले घटेको दिन पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै १० अङ्कले बढेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।

बुधबार ७ अर्ब ६५ करोडको कारोबार भएकोमा बिहीबार भने ३ सय १४ वटा कम्पनीका २ करोड (४ लाख कित्ता शेयर) ११ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।

योगाभ्यास

वीरगन्जस्थित भारतीय महावाणिज्यदूतवासको आयोजनामा बिहीबार जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अयोजित कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंह, प्रदेशका सभामुख रामचन्द्र मण्डल, महावाणिज्यदूत देवीसहाय मीनालगायत योगाभ्यासमा सहभागी हुनुहुँदै ।

तस्बिर : निरंजनकुमार साह