कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउँदैन : गभर्नर अधिकारी | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

काठमाडौं, १० असार । नेपाल राष्ट्र बैंकले कोरोनाका कारण थला परेका व्यवसायहरुको पुर्नस्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने भएको छ । कोरोना संक्रमणका कारण मारमा परेका व्यवसायीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने गरी नीतिहरु ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण कसैलेपनि व्यवसाय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेगरी नीतिहरु बन्ने बताउनुभयो । उहाँले सरकारले आगामी आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेपनि कोरोनाको अनिश्चितता नहट्दा सम्म कुनै पनि कुराको टुंगो नहुने उल्लेख गर्नुभयो ।

कोरोना संक्रमणको जोखिम शून्यमा पुगेपछि बजार सञ्चालनमा आएमात्रै सरकारले लिएका लक्ष्यहरु प्राप्त हुने गभर्नर अधिकारीको भनाई छ । उहाँले बजार चलायमान भएपछि बैंकिङ सिस्टममले पनि प्रसस्त तरलता दिने र त्यसपछि व्यवसायिक क्रियाकलापहरु बढ्दै जाने पनि बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);