नेविसंघद्धारा सरकारविरुद्ध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

नेविसंघद्धारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, १ असार । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारेन्टीनको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने, आरडिटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताउनुभयो ।

विजुली बजारबाट नाराबाजी गर्दै ठूलो संख्यामा विद्यार्थीहरु बानेश्वर पुगेका थिए । प्रदर्शनकारीहरुले प्रधानमन्त्री ज्यू अब त उठ्नुस, भाषण होइन रासन दिनुस्, सरकार १० अर्बको हिसाब खोई ?नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);