काठमाडौं,१२ जेठ । आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउँदै छन् ।
यस वर्ष कोरोना महामारीका कारण मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल–फित्र मनाउँदैछन् ।
पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर तथा आफूभन्दा सानालाई आशीर्वाद दिने इद उल फित्र पर्व मनाउने चलन छ । सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने र खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।
यस पर्वको अबसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।